जनसम्पर्क विश्व संजाल पत्रले रोकिन्न-अध्यक्ष सुवेदी

Hollywood Khabar August 22,2018 Comments

कृष्ण के सी/अमेरिका
नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक बिष्णु सुवेदीको अध्यक्षतामा गठन गरिएको भनिएको नेपाली जनसम्पर्क अन्तराष्ट्रिय समन्वय समिति यसलाई कतै कतै विश्व संजाल पनि भनि बनाइएकोप्रति  नेपाली काँग्रेसले आफ्नो गंभीर ध्यानाकर्षण भएको बताएको छ।

७ भद्र २०७५ मा पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्धारा विश्व भरिका सबै जनसम्पर्क समितिहरुको नाममा प्रेसित पत्रमा समिति बनाएको कुरा इन्कार गरिएको छ।
सो संबन्धि पार्टीको पत्र सहित समाचार लिंक: https://hollywoodkhabar.com/injs-nc-pressleasese

सो बिषयमा बनाइएको सँस्थाका अध्यक्ष बिष्णु सुवेदीसंग जिज्ञासा राख्दा सुवेदीले यो रोकिन्न भने। पहिलो कुरा पार्टीले यो पत्र लेखेर गल्ति गर्यो। दोश्रो कुरा पत्र भन्दा पनि हाल पार्टीको बिधान नयाँ संरचना अनुसार बनाइदैछ त्यसैमा मिलाएर लैजानको लागि सुरु गरिएको हो। यसर्थ पत्रतिर नजाउँ यो संजाल रोकिन्न सुवेदीले भने।

पार्टीको बिधानमा यस्तो संजाल बनाउने ब्यबस्था छैन। हामीले पार्टीमा स्वीकृतिका लागि निवेदन दिएको पनि छैन र बिधानमा नभएकोले स्वीकृति माग्ने कुरा पनि होइन। बिधानमा नभएको कारण पार्टीले पत्र लेख्न पनि मिल्दैन थियो तर लेख्यो। तर पनि हामी यसलाई रोक्दैनौ र रोकिन्न।

संस्थाको पुरै संरचना बनाएर पार्टीको महासमिति बैठकमा पेस गर्छौं। ऐले पनि २२ जना महासमिति सदस्य यहि संस्था बनाउने अभियानमा छौं। महासमिति बैठकले पास गर्यो भने तत्कालै देश र ठाउँ तोकेर अधिवेशन गर्न निर्णय गर्नेछौं। होइन महासमितिले पास गरेन भने निर्णयलाइ मान्छौं, सुवेदीको भनाइ थियो।

यदि पास भएन भने सँस्था बनाउने अभियान रोकिन्छ भन्ने जिज्ञासामा सुवेदीले भने त्यो अवस्थामा हामी परिस्थिति हेरेर अगाडि बढ्छौं सँस्था बन्द गर्दैनौ उनले ठोकुवा दिएर भने।