-INNJA Official LOGO

अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा) को पहिलो बार्षिक उत्सव र निर्णयहरु

Hollywood Khabar August 05,2019 Comments

अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा) ले आफ्नो प्रथम बार्षिकोत्सवमा महत्वपूर्ण १३ वटा निर्णयहरु गरेको छ। ईन्जाको प्रथम वार्षिक उत्सवमा व्यवस्थापन समितिको सिफारिसमा केन्द्रिय समितिले उक्त निर्णय गरेको हो।

अगस्त २, २०१९ का दिन बसेको बैठकमा मुख्य संरक्षक, बिशेष संरक्षक, सल्लाहकार, पदाधिकारीहरु, कार्यकारी समितिका सदस्यहरुको उपस्थितिमा शुभकामना आदान प्रदान, समिक्षा ईन्जाले गरेका कार्यहरु, उपलव्धिहरू र अवका दिनमा गर्नु पर्ने कार्यहरुको बारेमा छलफल गरि १३ वटा निर्णय गरि पारित समेत गरेको छ ।

व्यवस्थापन समितिलाई धन्यबाद दिदै बैठकमा सबै सहभागीहरुले ईन्जाका गतिबिधिहरुमा सन्तुष्टि जाहेर गरि यसरी नै आगामी कार्यक्रमहरु संचालन गर्न सुझाव दिए ।

निर्णयहरु यस प्रकार छन् :

१. ईन्जाले संसारभर निर्माण गर्न खोजेको संचारकर्मीहरुको नेटवर्क (संजाल) को कामलाई अझ तीब्ररुपमा अगाडि बढाउने ।

२. संस्थाको उदेश्य अनुरूप कार्य क्षेत्रलाई फराकिलो पारी संचार (मिडिया) सम्बन्धी धेरै अन्तरराष्ट्रिय संस्थाहरुसंग समेत संजाल (नेटवर्क बढाउंदै) जाने सन्दर्भमा संस्थाको नाम परिवर्तन गर्न आवश्यक देखिएकाले संस्थाको नामलाई परिमार्जन गरी International Network for Nepali Journalists-INNJA, नेपाली पत्रकारहरूको अन्तराष्ट्रीय सन्जाल - तय गरियो।

३. आगामी नोभेम्बरमा हेडक्वार्टर (सदरमुकाम )डिसीमा ईन्जा विशेष कार्यक्रमको आयोजना गरी ईन्जाका गतिविधिहरू, भावी कार्यक्रमहरू लगायत बिश्व संचार माध्यम (ग्लोबल मिडिया) बिषयहरुमा बहस गर्नुका साथै ईन्जाको कोष अभिवृद्दि कार्यक्रम गर्ने निर्णय गरियो।

४. संस्थाको केन्द्रीय र महादेशीय संगठनलाई चुस्त र दुरुस्त गराउन जिम्मेवारीको पुनरावलोकन गरी जिम्मेदारी हेरफेर समेत गर्ने निर्णय गरियो। यसका लागि पुनरावलोकन गरी सिफ़ारिश गर्न प्रमुख संरक्षक रामचन्द्र खरेजको संयोजकत्वमा अध्यक्ष गुणराज लुईटेल, बरिष्ठ उपाध्यक्षद्वय सुनिल मणि दाहाल र विष्णु शितल सहितको चार सदस्यीय समिति बनाईयो।

५. नेपाली संचार जगतलाई सहयोग पुर्याउने उद्देश्यले वरिष्ठ पत्रकार सम्मान पुरस्कार र फ्रेण्डस अफ ईन्जा (ईन्जाका मित्रहरु )पत्रकारिता पुरस्कारको स्थापना गरी वितरण गर्ने ।

६. संचारकर्मी तथा पत्रकारिताका बिद्यार्थीहरुको पेशागत क्षमता अभिवृद्धि गर्न अमेरिकाका संचार सम्बन्धी संस्था र विश्वबिद्यालयसंग सम्झौता गरी एक्सचेन्ज भिजिट ( आदानप्रदान भ्रमण ) कार्यक्रमका लागी पहल कार्य शुरू गर्ने ।

७. ईन्जाका सल्लाहकार हरि अधिकारीको संयोजकत्वमा अमेरिकी नेपाली डायस्पोराको समाज, संचार, कला, संस्कृतिका साथै यहॉका संघसंस्था,व्यक्ति ब्यक्त्तित्व र ईतिहास ब्यक्त गर्ने सवै खालका महत्वपूर्ण पक्षहरुको अध्ययन, अनुसन्धान, लेखन, सम्पादन र प्रकाशनको काम गर्ने । समान कार्यका लागी ईन्जा युरोप र ईन्जा अष्ट्रेलियाका संयोजकहरूसंग राय परामर्श माँग गरी बिश्वब्यापीरूपमा विस्तार गर्ने।

८. अन्तरराष्ट्रिय समाजमा छरिएका नेपाली संघ संस्थाहरुमा मर्यादित पत्रकारिताको अभ्यासको लागि दवाव दिदैं सकेसम्म समान उद्देश्य भएका संस्थाहरुको एकीकरण समेत हुनुपर्ने पक्षमा वकालत, पहल गर्नुको साथै डायस्पोरा(प्रवास)मा संचालित संचार माध्यमहरुको व्यवसायीकरणमा विषेश पहल गर्ने ।

९. अमेरिका भ्रमणमा रहनु भएका पत्रकार रवि धामीलाई स्वागत गर्नुको साथै नेपालमा ईन्जाको संगठन विस्तारको लागि विशेष पहल र समन्वय गर्न अनुरोध र जिम्मेवारी दिने।

१०.पत्रकारिता अध्ययन गर्दै आएका तथा अवसरको खोजीमा रहेका विद्यार्थी पत्रकारहरूको समुह- फ्रेन्डस अफ ईन्जा (ईन्जाका साथीहरु ) गठनका साथै आवश्यक सहयोग पुर्याउन आवश्यक देखिएकोले सदर मुकाम (हेड क्वाटर)का बरिष्ठ उपाध्य़क्षलाई नियमित रिपोर्ट (बिबरण पेश) गर्ने गरी फ्रेन्डस अफ ईन्जा लिडका रूपमा हाल सहयोग गर्दै आउनु भएकी वर्षा भुजेललाई चयन गरियो।

११.सामुदायिक पत्रकारिताको हितका लागी संचालित ईन्जा नेटवर्किंग (संजाल) कार्यक्रमको नियमित संचालन र व्यवस्थापनका लागि कार्यसमिति सदस्य दोबा ढकाल तथा फ्रेन्डस अफ ईन्जा प्रमुख वर्षा भुजेललाई ज़िम्मेवारी प्रदान गरियो।

१२) ईन्जाले यस अवधि (एक बर्ष भित्र ) मा संस्था बाहिर कोही कसैसंग पनि चन्दा तथा सहयोग नलिएको र संस्थागत खर्चका लागी ईन्जा परिवार भित्रबाट नै सहयोग प्राप्त हुदै आएको छ। आर्थिक पारदर्शिता र अनुशासनले संस्थाको गरिमा बढाउने भएकाले मर्यादित तथा प्रचलित नियम अनुसार चन्दा तथा सहयोग लिन तथा आर्थिक अनुशासन र पारदर्शिता कायम राख्न चन्दा सहयोग सम्वन्धि आर्थिक निति निर्माणका लागी कोषाध्यक्ष शृजन ताम्राकारको संयोजकत्वमा कार्य समिति सदस्यद्वय तारा भट्टराई र दोबा ढकाल सहितको तिन सदस्यीय आर्थिक नीति तर्जुमा समिति गठन गरियो।

१३. आगामी दिनमा दोहोरो भूमिका हुने पद ग्रहण गरेमा ईन्जाका पदाधिकारीहरूले एक पदको निति अवलम्वन गर्नु पर्ने सुझाव दिने निर्णय गरियो।

भौतिक बैठक तथा दूर संचार प्रणाली (कन्फरेन्स तथा फिजिकल) रुपमा भएको बैठकमा १. मुख्य संरक्षक: रामचन्द्र खरेल २. विशेष संरक्षक: योगेश उपाध्याय ३. सल्लाहकार: हरि अधिकारी ४. अध्यक्ष: गुणराज लुईटेल ५. वरिष्ठ उपाध्यक्ष (हेडक्वार्टर)- सुनिलमणि दाहाल ६. वरिष्ठ उपाध्यक्ष ( ग्लोबल)- विष्णु शीतल ७. महासचिव: शिव विष्ट ८. ग्लोबल संगठन एवं विधान निर्देशक: किशोर सापकोटा ९. संचार निर्देशक: बिजय थापा १०. कोषाध्यक्ष: शृजन ताम्राकार ११. बोर्ड सदस्यहरु: उमेश शर्मा, दोब ढकाल, विश्व थापा, बिष्णु शर्मा, टंक पन्त, सुनिल हुमागाई, तारा भट्टराई, केशर कार्की १२. अमेरिका फ्रेन्डस अफ ईन्जाकी प्रमुख: वर्षा भुजेल १३. डिसी नेपाल प्रतिनिधि: परशुराम भण्डारी, डिसी नेपालकै खेम भट्टचन, मूलधारन्युज सम्पादक रवि धामी र ब्रेक एण्ड लिंकका पद्धति निर्देशक (सिस्टम डाइरेक्ट) खेम भट्टराई को उपस्थिति रहेको थियो ।