-International Children Folk Festival 2019-Nepal

अन्तर्राष्ट्रिय बाल सास्कृतिक मेला २०७५ सम्पन्न

Hollywood Khabar February 21,2019 Comments

फाल्गुन ३ गते देखी ९ गते सम्म काठमाडौंको बिभिन्न स्कुलहरुमा आयोजना गरेको अन्तर्राष्ट्रिय बाल सास्कृतिक मेला International Children Folk Festival 2019-Nepal" सम्पन्न भएको छ।

लालीगुराँस नेस्नल एकेडेमी मनमैजुमा एक भब्य समरोहका बिच गृहमन्त्री राम बहादुर थापा बादलले उद्घटन गर्नु भएको थियो। उक्त समरोहमा नेपालको पहिलो नृत्य निर्देशक भैरब बहादुर थापालाई गृहमन्त्रीबाट सम्मान गरियो।

उद्घटन पछि गृहमन्त्री बादलले नेपालको पहिले नृत्य निर्देशक भैरब बहादुर थापालाई सम्मान गर्न पाउदा आफु गौरवान्वित भएको बताउनुका साथै एभरेष्ट नेपाल कल्चरल ग्रुपलाई नेपालमा अन्तर्राष्ट्रिय सस्कृतिक पर्यटनको बिकासका लागि काम गरेकोमा बधाईका साथै धन्यवाद दिनुभयो।

मलेसिया, ताईवान र नेपालका विद्यार्थीहरुले भाग लिएको अन्तर्राष्ट्रिय बाल सास्कृतिक मेला फाल्गुन ४ गते लालीगुराँस नेशनल एकेडेमी मनमैजु, फाल्गुन ७ गते बागमती बोर्डिङ स्कुल सुकेधार, फाल्गुन ७ गते नै लोयल्टी एकेडेमी मन्डिखाटार, फाल्गुन ८ गते ओडिसी इन्टरनेसनल एकेडेमीमा आयोजना गरिएको थियो।

एभरेष्ट नेपाल कल्चरल ग्रुपले मेलाको लागि अन्तर्राष्ट्रिय समुहलाई नेपाल बोलाइएको थियो। लालीगुराँस नेस्नल एकेडेमी मनमैजु, बागमती बोर्डिङ स्कुल सुकेधार, लोयल्टी एकेडेमी मन्डिखाटार र ओडिसी इन्टरनेसनल एकेडेमी आयोजक थिए।

मेला अबधीभर अन्तर्राष्ट्रिय बालबालिकाहरुले बिभिन्न स्कुलका विद्यार्थीहरुसँग आफ्नो कला प्रस्तुतिसंगै पठनपाठनका बिषयमा पनि अन्तरक्रिया गरेका थिए। पाटन र बसन्तपुर दरबार क्षेत्रका साथै बौद्धनाथ पनि अबलोकन गरे। अन्तर्राष्ट्रिय बालबालिकाहरुले नेपाली साह्रै मिलनसर र हसिला भएको प्रतिकृया दिदै एभरेष्ट नेपाल कल्चरल ग्रुपले आयोजना गर्ने १० औं अन्तर्राष्ट्रिय लोक सस्कृतिक मेला २०७६ मा पुन नेपाल आउने बताए। साथै उनीहरुले काठमाडौं बाहिरको पनि अबलोकन गर्न मन भएको जानकारी दिए।