साङ्केतिक तस्बिर:साभार वेब

जेलभित्र नि:शुल्क खान,बस्न पाइने रहरले चोरी

Hollywood Khabar November 06,2019 Comments

२१ कार्तिक रुकुम पश्चिम।रुकुम पश्चिमका एक युवाले जेलभित्र नि:शुल्क खान,बस्न पाइने भएकाले रहरले चोरी गर्ने गरेको प्रहरी समक्ष बताएका छ्न्।मुसीकोट नगरपालिका-१, खलंगाको त्रिवेणी चोकमा रहेको एउटा मोबाइल पसलमा चोरी गरेको आरोपमा पक्राउ परेका मुसीकोट नगरपालिका-२, रातामाटाका २० वर्षीय राजु परियारले जेलमा कामै नगरी खान, बस्न र दिनरात बिताउन पाइने भएकोले चोरी गर्ने गरेको प्रहरी बयान प्रहरीलाई दिएका हुन्।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार परियारले कार्तिक १६ गते राति समयमा त्रिवेणी गाउँपालिका-५ का निर्मल विकको मोबाइल पसलमा चोरी गरेका थिए।परियारलाई मुसीकोट नगरपालिका-१, खलंगाबाटै पक्राउ गरिएको र उनको साथबाट ३ तीन थान मोबाइल,३ थान मोबाइलको ब्याट्री र चार हजार तीन सय ८० रुपैयाँ नगद बरामद गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो। प्रारम्भिक अनुसन्धानका क्रममा परियारले यस अघि पनि चोरीको मुद्दामा कैद भुक्तान गरिसकेको र जेलमा नि:शुल्क खान र बस्न पाइने भएले फेरि चोरी गरेको खुलेको डीएसपी खड्काले बताउनुभयो।परियारले यसअघि २०७३ कार्तिक २३ गते मुसीकोट-१, खलंगाको एक घरमा चोरी गरेको मुद्दामा तीन वर्ष कैद भुक्तान गरेको प्रहरीको भनाइ छ।उनीमाथि चोरी तथा डाँकासम्बन्धी कसुर मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।