-NRNA:सचिव जानकी गुरुङ महासचिवकै उम्मेद्वार पक्का, नेपाल पुगेर अष्ट्रेलिया जाने तरखर

NRNA:सचिव जानकी गुरुङ महासचिवकै उम्मेद्वार पक्का, नेपाल पुगेर अष्ट्रेलिया जाने तरखर

Hollywood Khabar September 19,2019 Comments

कृष्ण के सी/अमेरिका/९/२०/१९

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी २०१९-२०२१ कार्यकालको लागि वर्तमान सचिव जानकी गुरुङ महासचिवकै लागि उम्मेद्वार हुने भएकी छन्।

हलिउडखबरसँग सेप्टेम्बर २०, २०१९ प्यासिफिक समय अनुसार बिहान ९:२१ देखि ९:३७ सम्म भएको कुराकानीमा सचिव गुरुङले आफू महासचिवकै उम्मेदवार हुने कुराको ठोकुवा दिएर बताएकी हुन्। उनले भनिन, आफूले लामो समय देखि गैरआवासीय नेपाली संघमा काम गरेको, थुप्रै पटक चुनावमा सहभागी भएको र यो पटक आफू महासचिवकै लागि उम्मेदवार हुने हो। यसमा कसैले केहि भन्छ, जानकी कता गयो, मैदान छोड्यो, उपाध्यक्षमा गयो भन्ने सबै कुरा सत्य होइनन।

संघको निर्वाचित महासचिव भएर काम गर्ने मेरो ड्रिम हो। मलाइ महिला उपाध्यक्षको लागि अनुरोध-अफर नआएको होइन तर मैले स्वीकारेको छैन। उनले आफू आरक्षित कोटातर्फ कहिल्यै नरहेको बताइन। यति मात्र होइन, यो पटक उपाध्यक्ष पद या अन्य पद आफ्नो कप अफ कफी नभएको कुरा समेत बताइन।

चाहे जो सुकैले जे सुकै भनुन, जो सुकै नै पनि चुनावी मैदानमा आउनु म महासचिवकै उम्मेदवार हुने हो। हालसम्म चार जना पुरुषहरु महासचिवमा आकांक्षी हुनु भएको छ। उहाँहरु एक्ला-एक्लै त के सबै मिलेर मसँग चुनावमा भिड्न आएपनि म आफू महासचिवकै उम्मेद्वार हुने हो यसमा कुनै परिवर्तन आउनेवाला छैन, उनले ठोकुवा दिएर भनिन।

यति मात्र होइन, अन्तमा यो पनि लेखिदिनुहोस-जित्ने पनि जानकी गुरुङ नै हो। म काम गर्ने व्यक्ति हो, काम गर्न जो सुकै अध्यक्ष या अन्य पदमा जितेपनि मलाइ फरक पर्दैन। मिले सहकार्य गरेर जाने नभए एक्लै पनि अगाडी जाने हो। मेरो बाटो प्रष्ट छ, योजना र इच्छाहरु निर्दिष्ट छन। आज एता-भोलि उता, हावा लागे पनि हल्लिने, पानी परे पनि हल्लिने म होइन। जति नै रोकावट र गफ दिनेहरु आएपनि जानकी गुरुङ रोकिन्न।

यसपछि उनि नेपाल पुगेर अष्ट्रेलिया जाँदै छन्। त्यताबाट बेल्जियम अनि फेरी नेपालमा ९ औं विश्व सम्मेलन र अन्तराष्ट्रिय महाधिवेशनका लागि प्रस्थान गर्नेछन।

जानकी गुरुङ पुर्खौली थलो गोरखाबाट चिवतन आएका परिवारमा चितवनमा नै जन्मेकी हुन्। उसो त जानकी गुरुङ नेपाली काँग्रेसका नेता बखानसिङ गुरुङकी नातिनी पनि हुन्। १९९७ मा बेल्जियम तर्फ लागेकी उनका रेष्टुरेण्ट र रेमिट्यान्स तर्फको ब्यबसाय छन्। यसबाहेक केहि कलेक्टिभ इन्भेस्टमेण्ट पनि छन्।

२००५ मा गैरआवासीय नेपाली संघ बेल्जियमको तदर्थ समितिको सदस्यता र कोषाध्यक्षको जिम्मेवारी एकै पटक लिएको कुरा उनले बताइन। २००५ मा एनआरएनए एनसीसी बेल्जियम तदर्थ समितिको संस्थापक कोषाध्यक्ष। २००६-२००८ सम्म भने एनआरएनए एनसीसी बेल्जियमको सल्लाहाकार मात्र थिइन् उनि। २००७-२००९ का लागि एकै पटक उनि एनआरएनए युरोप क्षेत्रको लागि क्षेत्रीय उपसँयोजकको जिम्मेवारी लिन पुगिन। २०११-२०१३ कार्यकालमा भने उनि चुनौती नै दिएर बेल्जियमको अध्यक्षमा फर्किन। २०१३-२०१५, २०१५-२०१७ मा उनि बेल्जियमबाट दुइ-दुइ पटक आइसीसी सदस्य भएर काम गरिन। २०१७-२०१९ कार्यकालमा उनि एनआरएनए आइसीसीको निर्वाचित सचिव भएर काम गर्दैछिन।