जनप्रतिनिधिको कथा-२

जनप्रतिनिधिको कथा: फुत्त-फुत्त झिंगा फाल्दै भात खाएँ फेरि पनि म साकाहारी हुँ

Hollywood Khabar November 09,2018 Comments

कृष्ण के सी, अमेरिका, नोवेम्बेर १०, २०१८

यो मेरो आफ्नो लेख होइन। नेपालमा भएको स्थानिय निर्वाचनमा जिल्लातिरका एकजना गाउँपालिकाको निर्वाचित व्यक्तिको कथा हो। उनका बारे गत पटक एउटा परिचयात्मक कुरा लेखेको थिए। आज बाँकी कुरा उनैको आफ्नै भाषामा प्रस्तुत गर्ने प्रयास गरेको छु।

म पारिवारिक राजनीति हेर्दै हुर्केको भएता पनि राजनीति बुझ्ने हैसित्यत मेरो लागि फरक हो अझै आफैं जनप्रतिनिधि भएर काम गर्नु त अझै अर्कै कुरा हो। मेरो सहयोग र समर्थन नेपाली काँग्रेससँग हो र सोहि पार्टीबाट मैले निर्वाचन जितेको हुँ।

चुनाबको बेला भोट माग्न गाउँ-गाउँ जाने क्रममा एक दिन बिहानै देखि घुम्दा-घुम्दा ३ बजेछ। गाउँको बाटो, नजिकै देखे पनि पहाड र डाँडा-काँडाले गर्दा पुग्न भने एकाद-घण्टा नै लाग्नेगर्छ। एउटा त हरेक मान्छेसँग बोल्दा-बोल्दा थाकेको अर्को तिर खाना नमिलेर म भोकले तिरीमिरी भएको थिएँ।

स्थानीय सहयोगीहरुले बल्ल-बल्ल खानाखाने समय मिलाउनुभयो। बिहेभोज जस्तै ठूलो तामाको खड्कौलो भाँडोमा खाना पकाउनु भएको थियो। बडो मायाँ, खुशी र मिहेनत गरेर हामी भोकायौं भनेर पकाएको त्यो खाना। हामीले उहाँको घरमा खाने खाना भन्दा पनि उहाँहरुको खुशी उत्पात थियो। मलाइ त आफैंले पस्केर म बसेको डोको सम्म नै ल्याइदिनुभयो। गाउँमा बस्ने मेच र फलैचा थिएन। हामी मध्ये कोहि पिढिमा त कोहि आँगनको पेटीमा, म चाहिँ घोप्ट्याएर राखेको डोको माथि बसेको थिएँ।

भोक यस्तो लागेको थियो कि मलाइ त्यो भात एकै गासमा सक्काउने जोश चलेको थियो। यसो हेरें, दुइटा झिंगा परेका थिए, सुटुक्क फालिदिएँ। पछि अरु पनि एक दुइ झिंगा भेटिए, फेरि पनि छोपेर नजिकै बस्ने साथीले नदेख्ने गरेर फुत्त फलिदिएँ। आफू भने साकाहारी मान्छे, मासु देख्दा त वाक्क-वाक्क लाग्ने तर आज आधा दर्जन जति झिंगा फाल्दै दालको झोल र भात खाँदै गरे।

खाउँ भने हिक्क-हिक्क भैसक्यो, नखाउँ भने त्यो माया-ममताले दिएको खान। फेरी अर्को पल्ट खाने ठाउँको टुङ्गो कतिपाछि हो त्यो थाहा थिएन। मसँग अर्को केहि पनि उपाय थिएन। अनि आँखा चिम्लेर त्यो बाँकी खाना कपाकप खाएँ। अचम्मको कुरा त के भने त्यसपछि चाहिँ मलाइ वाक्क-वाक्क पनि आएन र मेरो स्वास्थमा पनि कुनै असर समेत भएन।

यसको अर्थ आँखा चिम्लेर झिंगा खानु भनेको होइन तर भोक र थकान, कुरा गर्दा-गर्दा व्यस्था भएर होला त्यतातिर ध्यान नै दिने समय पुगेको। संभवत मनले जितेर स्वस्थ हुनसकिन्छ भन्ने कुरा यस्तै होला।

दिनैभरि घुमियो, सांझको ७/८ बजे तिर एउटा घरमा बास बसियो। सबैजना भेटघाट र छलफल सकेर सुत्ने समय भनेको रातिको १/२ बजेको हुँदो हो। सुत्न गएँ। सम्मानजनक मलाइ बनाइदिएको छुट्टै सफा-चट काठको चारखुट्टे खाटमा सुतेको। थाकेर उसै पनि निन्द्रा आएको थिएन, अर्कातिर चुनावबको तनाव त थियो नै। उसमाथि बिस्तारै के केले हो चिटिक्क चिट्टिक टोक्न थाल्यो। मैले त्यसको पनि पर्वाह गरिन र बेस्सरी आँखा चिम्लेर, दाँत टोकेर सुते, निदाएछु।

३/४ घण्टा के सुतेका थियौं, बिहान झिसमिसेमा नै साथीहरुले उठाई हाले। उठेर मुख धुँदै गर्दा पो देखे त मेरो शरिरमा धेरैवटा राता डाबर थियो। तर पनि त्यो सम्मानको अगाडि कुनै ठूलो कुरा होइन। मलाई कुनै स्वास्थले असर गरेन। त्यो समय मसँग विकल्प नै थिएन। अनि म निरन्तर लागि नै रहे। हामी मानिसहरुको जीवनमा सधैं यस्तो सजिलो हुँदैन।

यो देशको स्वास्थ नीति र मेरो पार्टीको घोषणा पत्रमा लेखिएको स्वास्थ बिमा नीति अनि मेरो यो दुर-दराजको भौगोलिक विकटतामा रहेको जन स्तरलाई नियाल्दा पहुँचमा ल्याउनु मेरो लागि कम्ताको चुनौती होइन। तर म हरेक चुनौती सामना गर्न रमाउने व्यक्ति भएकोले यसलाई जति विकराल भएपनि असंभव भने होइन। त्यो समयमा मैले धेरै कुरा नोट गरेको थिएँ। यदि मैले जिते भने जनस्वास्थ्यको बिषयलाइ पनि उठाउँछु।

मेरो सिकाइ अलि कति फरक भयो। मेरो विश्वासले मलाइ हार्न दिनेछैन भन्ने पक्का भयो। त्यो समय म मनबाट जितेको कुरा खसोखास हो। तर पनि मेरो एउटा विश्वास थियो, मैले जिते या नजिते पनि यो ठाउँमा जनस्वास्थको काम गर्नुपर्ने एउटा पाटो भने बाँकी नै रहेछ, त्यसलाई पहिला गर्छु।

आज निर्वाचन जितेर आएको पनि ३ बर्ष पुरा भएछ। मैले त्यो समय भोगेको भन्दा थुप्रै कुरा पुरा भएका छन्। स्वास्थ्य मात्र होइन, गर्ववती महिला, बाल-बालिका, सिनियर सिटिजन लगायतका बिषयमा धेरै काम गरेको छु। सायद यो कार्यकाल सम्पन्न भएपछि एउटा किताब नै लेख्छु भन्ने सोच छ।