-नेपाली जनसम्पर्क समिति,अमेरिकाको अधिवेशन प्रक्रिया सुरु भएको छ ।

नेपाली जनसम्पर्क समिति,अमेरिकाको अधिवेशन प्रक्रिया सुरु भएको छ

Hollywood Khabar September 22,2019 Comments

नेपाली जनसम्पर्क समिति,अमेरिकाको अधिवेशन प्रक्रिया सुरु भएको छ ।

सेप्टेम्बर २२, २०१९, आइतवार बसेको केन्द्रीय समितिको बैठकले ६ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने गरी मातृ पार्टी नेपाली कांग्रेसले दिएको निर्देशनको स्वागत गर्दै अधिवेशन प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो ।

समितिका सबै च्याप्टरहरुको अधिवेशन आगामी डिसेम्वर महिनाभित्र सम्पन्न गरिसक्ने आइतबारको बैठकले निर्णय गरेको छ। यसैगरी नयाँ च्याप्टर गठन गर्नका लागि निश्चित मापदण्ड अनुसार अक्टुबर महिनाभित्र आवेदन दिएमा त्यस्ता च्याप्टरहरुलाई पनि अनुमोदन गर्दै जाने निर्णय समेत बैठकले गरेको छ ।

च्याप्टरहरुको नयाँ अधिवेशनका लागि यसै साता केन्द्रीय समिति र च्याप्टर समितिसहित केन्द्रीय सल्लाहकारहरुको संयुक्त बैठक आव्हान गर्ने र सोही बैठकको छलफल पश्चात भावी तयारी गरिनेछ ।

तसर्थ सबै कांग्रेसजनलाई समितिको यो अधिवेशन प्रकृयामा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौं ।

गौतम दाहाल

केन्द्रीय सदस्य, नेजस अमेरिका

एवं प्रमूख, संचार तथा प्रचार विभाग

९/२२/१९