Hollywoodkhabar advertisement

डिसीनेपालमा सम्प्रेषित भ्रमपूर्ण समाचारप्रति जनसम्पर्क समिति जर्मनीद्वारा खेद प्रकट

-डिसीनेपालमा सम्प्रेषित भ्रमपूर्ण समाचारप्रति जनसम्पर्क समिति जर्मनीद्वारा खेद प्रकट

अमेरिकाबाट संचालित भनिएको अनलाइन डिसीनेपाल डटकममा प्रकाशित नेपाली जनसम्पर्क समिति जर्मनीको समाचार सम्बन्धमा नेपाली जनसम्पर्क समिती जर्मनीको बिशेष ध्यानाकर्षण भएको छ।

आफुलाई स्वयम पत्रकार घोषित गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) जर्मनी, एलसीसी ब्रेमेन, निदेरज्याकसनका सचिब दिपक धितालद्वारा डिसी नेपालमा सम्प्रेरित समाचारप्रति नेपाली जनसम्पर्क समिती जर्मनीले खेद प्रकट गर्दै घोर बिरोध र भर्त्सना गर्दछ।

पत्रकारिताको साधारण नियमको परिभाषा समेत उल्लङ्घन गरी सामाजको मर्म, आदर्श, मानव सभ्यता तथा लक्ष्यलाई समेत नजरअन्दाज गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको होलटाइवर क्याडरले जस्तै मुर्खतापुर्वक जथाभावी गालीगलोजको भाषा-शैलीमा कपोलकल्पीत अनुमानको भरमा नेपाली जनसम्पर्क समिति जर्मनीको बारेमा सोच्नु र लेख्नु अनोचित र न्यायसंगत नभएको नेपाली जनसम्पर्क जर्मनीको निष्कर्ष रहेको छ।

सामाजिक न्याय, लोकतान्त्रिक समाजवाद र मानव अधिकारको रक्षाको निम्ति नेपाली जनसम्पर्क समिती जर्मनीको स्थापना देखि नै निरन्तर आवाज बुलन्द गर्दै आएको सर्वबिधितै छ। नेपाली जनसम्पर्क समिति जर्मनीको आफ्नो बिधान, प्रक्रिया, नीतिनियम र नेपाली काङ्ग्रेसको सिद्धान्त एबम आदर्शको मार्गदर्शनले मार्गनिर्देश गर्दै संगठित नेपाली जनसम्पर्क समिति जर्मनी एकबद्ध भएको कसैलाई लिखित जानकारी गराउनुपर्ने आवाश्यकता छैन। आफु टुक्रा-टुक्रामा विभाजित भएर पदको लागी देश र राष्ट्रिय समेत धरौटी राख्ने कम्युनिष्ट मुकुटधारी एमालेका साईबर अरिंगालले नेपाली जनसम्पर्क समिति जर्मनीलाई एकताको पाठ सिकाई शिक्षक बन्न खोज्नु पठमुर्खता हो।

नेपाली काङ्गेसको आदर्शमा मार्गनिर्देशित नेपाली जनसम्पर्क समिति जर्मनीको एकतालाई भ्रमित समाचारद्वारा खल्बलाउन कोशिस गर्ने दुस्प्रयास नगर्दा धेरै उचित र सबैको भलाई हुने छ। नेपाली जनसम्पर्क समिति जर्मनीमा कुनै कसैको पनि मन मूटाब नरहेको जानकारी यसै बिज्ञप्ति मार्फत सबैलाई जानकारी गर्दछ। उक्त भ्रामिक समाचारको लहलहैमा नरहन पनि सबै जर्मनी निबासी लोकतांत्रिक शक्तिलाई हार्दिक अपिल गर्दछौ।

गैरआवासीय नेपाली संघको अधीबेसन नजिकिदै रहेको बेलामा उक्त निर्बाचनलाई गहिरो प्रभाव पार्न सकिन्छ भन्ने भ्रम बोकेर समाचार संप्रेसणगरी एनआरएनए एनसीसी जर्मनी, एलसीसी ब्रेमन निदरजक्सनका सचिबले कसैको स्वार्थको लागी भ्रमपूर्ण समाचार फैलाएकोमा एनआरएनए एनसीसी जर्मनीसित कार्वाहीको लागि जोडदार माग गर्दछौ।

नेपाली जनसम्पर्क समिती जर्मनीले एनआरएनए एनसीसी जर्मनीको २०१९-०२१ कार्यकालमा २०३९ जना पंजीकृत सदस्यको १५ युरोको दरले ३०,५८५ युरो तथा बिभिन्न पदमा उम्मेद्वारहरुद्वारा संकलित रकम को हिसाब-कितावको बारेमा सार्वजनिक गर्न मागेको थियो। तर पंजीकृत सदस्य नक्कली र फर्जी भएकोले अहिले सम्म पनि नेतृत्वले उक्त हिसाब-किताब र सबै नाम सार्वजनिक गर्न सकेको छैन।

संघको आर्थिक घोटाला र फर्जी तथा नक्कली पंजीकृत सदस्यताको छानविन, पारदर्शितालाई गोलमालगरी अधिबेसनको प्रक्रिया सुरु गर्नु गैरजिम्मेवारी, अनिमियता र भ्रष्टाचार भएको स्पष्टछ। नेपाली जनसम्पर्क समिती जर्मनीले यस बिषयमा निरन्तर आवाजलाई बुलन्द गर्नेछ। उक्त हिसाब किताबको ढाकछोप गर्न एलसीसी ब्रेमन निदरजक्सनका सचिबले धेरै पटक सड्यन्त्रपुर्वक कुनिहेतमा यस्तै भ्रमपुर्ण समाचार लेखि प्रचार प्रसार गर्दै आएकाछन।

एनआरएनए एनसीसी जर्मनीको साधारणसभामा आइसीसी अध्यक्ष कुमार पन्त र रामप्रताप थापाज्युको अनुपस्थित रहेका थिए। तर डिसीनेपालले उपस्थित रहेको बताउँदै समाचार सम्प्रेसण गरेको झुट समाचार पढदा हामी प्रत्यक्ष सहभागी आश्चार्य चकित भएका थियौ। एनआरएनए एनसीसी जर्मनीको नेतृत्वले गरेका ठुला घोटाला, संस्थाप्रति गरेका कमिकमजोरी र बिकृति-विसंगतिहरुलाई बचाउ गरी, ढाकछोप गर्दै आफ्नो एमालेको राजनीतिक धर्मको क्रियाकलाप देखाउदै आएका छन।

आफुलाई पत्रकारको नाम दिएका धितालले पुर्वागाही बनेर एनआरएनए एनसीसी जर्मनीको नेतृत्वले गरेको घोटाला नदेख्ने, एमाले पार्टीको साईबर अरिंगाल बनेर आगामी एनआरएनए एनसीसी जर्मनीको अधिबेसनलाई लक्षित गरी दलालगिरी गर्ने व्यक्तिको सम्प्रेषण दिएर डिसीनेपाल जस्तो अनलाइनले आफ्नो हैसित्य गुमाएको छ।

आजसम्म जर्मनीमा अति धेरै मिलेर बसेको अरु समुदायको तुलनामा सानो नेपाली समुदायको आपसी सदभाव, भाईचारा, मित्रता र बन्दुत्वलाई समाप्त गर्न भ्रमिक समाचार लेखि नेपाली समाजलाई उत्तेजित र आतंकित बनाउने सो सम्प्रेषणलाइ डिसीनेपालले बेलैमा ध्यान दिन अनुरोध गरिएको छ।

यो कदम जर्मनीमा बस्ने सम्पुर्ण नेपालीहरुको साझा संस्था एनआरएनए एनसीसी जर्मनीको अधीबेसनलाई गहिरो प्रभाब पार्न धार्मिक, क्षेत्रीय, जातीय र राजनीतिकको बिउ रोपी नेपाली समाजको एकतालाई बिखण्डन गर्न खोजिएको नेपाली जनसम्पर्क समिति जर्मनीले निष्कर्ष निकालेको छ। यस्तो कुकर्म र अमानविय कार्यबाट अलि टाढा रही आफ्नो चारित्रिक र मानसिक आदत सुधार गर्न एलसीसी सचिब दिपक धितालज्युलाई नेपाली जनसम्पर्क समिती जर्मनीले बिनम्र अनुरोध पनि गर्दछ।

जय नेपाल !

नेपाली जनसम्पर्क समिति, जर्मनी

जुन ५, २०२१

ADVERTISEMENT-----