-नेपाली जनसम्पर्क समिती दक्षिण कोरिया

नेपाली जनसम्पर्क समिती दक्षिण कोरिया चरम विवादपछि फुटको संघारमा

Hollywood Khabar February 16,2021 Comments

हलिउडखबर प्रतिनिधि, कोरिया, फेब्रवरी १६, २०२१

नेपालको निरंकुश राजतन्त्रले देशको प्रथम पार्टी नेपाली कांग्रेस र प्रथम जननिर्वाचित सरकार र प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालालाई अपदस्त गरेर जेल चलान गर्यो। आठ वर्ष जेल जीवन व्यतीत गरेपछि जेलबाट गरिनुभयो। त्यसपछि विदेशमा रहेका नेपालीहरूलाई संगठित गरेर नेपालमा प्रजातन्त्रको पुनर्वहाली गर्नको निम्ति विश्वेश्वरप्रसाद कोइरालाले नेपाली जनसम्पर्क भारतको स्थापना गर्नुभएको थियो।

नेपालमा प्रजातन्त्रको पुनर्वहाली पश्चात देशबाट विदेशसम्म रोजगारी, अध्ययन, व्यापार व्यवसाय लगायत विविध उद्येश्यले बाहिरिने नेपालीहरूको सङ्ख्यामा वृद्धि हुँदैगयो। त्यसपछि नेपाली कांग्रेसले जापानबाट नेपाली जनसम्पर्क समितिको पुनर्गठन सुरुगर्यो। बिस्तारै नेपाली कांग्रेसका आस्थावानहरुले संगठनको विस्तार गए। हालसम्म ३६/३७ वटा देशमा नेपाली जनसम्पर्क समितिहरु अस्थित्वमा रहेका छन्।

यही परिस्थितिबाट अगाडि बढ्दै गएका जनसम्पर्क समितिहरुको लिष्टमा अत्यन्त गुणात्मक प्रगति गर्दै आएको नेपाली जनसम्पर्क समिति दक्षिण कोरिया पनि हो। लगभग तीनवर्ष अगाडि पाँचौं महाधिवेशन पश्चात आस्था विन्दु मल्लको सभापतित्वमा नयाँ नेतृत्व निर्वाचित भएको थियो। त्यसपछि नेपाली जनसम्पर्क समिति कोरियाले अवलम्बन गर्नुपर्ने विधानका आधारहरू नमानी अबैधानिक रुपमा अगाडि बढ्दै गयो। त्यसैको फलस्वरूप विवाद चरम रुपमा बढ्दै गयो।

नेपाली कांग्रेसका हरेक भातृ तथा शुभेच्छुक संस्थाहरुको अधिवेशनमा निर्वाचित हुनेहरूले संस्था सञ्चालन गर्ने र निर्वाचनमा पराजय बेहोरेका तर संगठनमा अत्यन्त दुःख गरेका व्यक्तिहरूलाई पुरै पाखा लगाउने काम सुरु भयो। जनसम्पर्क समिति कोरियाको महाधिवेशनमा प्रतिनिधि नभएका र पार्टीको क्रियाशिल सदस्य समेत नरहेका मानिसहरूलाई सल्लाहकार र केन्द्रीय सदस्य मनोनित गरेर निर्वाचनमा पराजय बेहोरेका सबै व्यक्तिहरूलाई अर्को संगठनको जसरी व्यबहार गरिँदै पाखा लगाइयो।

जनसम्पर्क समितिको महाधिबेशनमा कार्यसमिति सदस्यमा रहनेहरु र सल्लाहकारहरु स्वतः महाधिवेशन प्रतिनिधी बन्ने व्यवस्था विधानमा ब्यबस्था छ। तर अर्को महाधिवेशनलाई प्रभावित पार्ने गरी थुप्रै अनेक पटक विधान विपरीत गतिबिधि गरियो। निर्वाचित कार्यसमितिका पदाधिकारी, सदस्य र सल्लाहकारहरुको कोरियाको बसाई अवधि भिषाका कारणले सिमित हुने भएको तथा स्वदेश फिर्ता भएपछि विधानले कहीँ कतै उल्लेख नगरेको ठाउँमा सभापति आस्था विन्दू मल्लले आफ्नो अधिकार भएको र सभापतिले चाहेमा जे पनि गर्न मिल्ने, जतिसुकै बेलामा पनि मनोनित गर्न पाउने भन्ने गलत व्याख्या गरेर पटक-पटक मनोनित गर्ने काम गरियो। त्यसपछि जनसम्पर्क समिति कोरियामा चरम बिबाद सृजना हुँदै आएको छ।

पाँचौ महाधिबेशनमा पराजित भएका सभापतिका प्रत्याशी उम्मेदवार भजिन्द्र क्षेत्री, कार्यसमितिका उपसभापति लक्ष्मण दाहाल लगायत बहुमत कार्यसमिति, सल्लाहकारहरु, पूर्ब सभापति गंगा थापा श्रेष्ठ, पूर्व सभापति एबम कांग्रेस महासमिति सदस्य नबराज शिवाकोटी पुर्व कार्यसमितिका पदाधिकारी, सल्लाहकार, सदस्यहरु र अधिवेशन प्रतिनिधिहरु लगायत अधिकांशले सभापति आस्था बिन्दु मल्ललाई पटक पटक विधान नमिच्न, सबैलाई समेटेर अगाडि बढ्न, संगठनमा काम गरेका साथीहरूलाई दुर्व्यवहार नगर्न सल्लाह दिँदै आए। तर पनि सभापति मल्लले निवर्तमान सभापति गिरिराज कुवँरको निर्देशनमा अन्य जिम्मेवार अग्रजहरुलाइ वेवास्था गरेका कारण सङ्गठन फुटको अवस्थामा आइपुगेको हो।

कसरी फुटको संघारमा आइपुग्यो जनसम्पर्क समिति कोरिया ?

१. बिगत दुई वर्ष अगाडि मे ५, २०१८ मा सौलमा आस्था बिन्दु मल्लको नेतृत्वमा निर्वाचित कार्यसमितिले दुई वर्षको म्याण्डेट प्राप्त गरेको थियो। उक्त समयाबाधीलाई गत वर्ष २०२० को मे महिनामा पुरा गरी आपतकालीन अवस्था सृजना भएमा र महाधिबेसन गर्न अनुकूल नभएको खण्डमा विधानले ६ महिना समय बढाउन सुविधा दिएको थियो।

२. उक्त छ महिना बढाउने सुविधालाई मल्लको नेतृत्वले बढाइएको समयको रूपमा गणना गर्दै गरेन। बरु उल्टै त्यो ६ महिनाको समय सकिएपछि पनि अधिबेशनको प्रक्रिया सुचारु नगरि क्रियाशिल सदस्यता आठ महिनादेखि नेपालबाट ल्याएर वितरणको कार्य सुचारु गरेको छैन।

३. कोरोना भाइरस संसारभरी महामारीको रुपमा फैलिँदै थियो तर कोरियामा गत वर्ष नै राष्ट्रिय निर्वाचन सम्पन्न भएको थियो। तर जनसम्पर्क समितिका निवर्तमान सभापति गिरिराज कुवँर र बर्तमान सभापति मल्लको मिलेमतोमा निर्बाचनको मिति घोषणा नगरि साधारण सदस्यताको गूगल फारम भराउने काम भयो। त्यसपछि मिति तय गर्ने भनिएको थियो।

४. सभापतिले क्रियाशिल सदस्य संयोजक आफैं बनेर उल्टै जुम बैठक सञ्चालन गरी सभापतिको चाहना भए सधैंभरि मनोनित गर्न पाइने भन्ने उर्दी गर्दै-गर्दै गत आइतबार मात्र ५ जना सल्लाहकार तथा २ जना कार्य समिति सदस्य मनोनित गरियो।

५. उपसभापति लक्षमण दाहालले पदावधि सकिएको समितिले चाँडो महाधिबेसन गराएर निकास दिनुपर्नेमा महाधिबेसन नगर्ने र भर्ती मात्र गर्दै जाने काम भयो अब बाँकीहरुले सँगै हिँड्न नसकी अवैधानिक समितिलाई बैधानिक बनाउन आफ्नो नेतृत्वमा महाधिबेसन आयोजक समिति गठन गरेर चाँडै महाधिवेशन गरी जनसम्पर्क समिति कोरिया बचाउने दायित्व आफ्नो काँधमा आएको बताए।

६. उनका साथमा बहुमत कार्यसमिति र क्षेत्रका क्षेत्रीय सभापति, बहुसङ्ख्यक सदस्य, सल्लाहकारहरु र महाधिवेशन प्रतिनिधिहरु रहेको बताइएको छ।

अब नेपाली कांग्रेस पार्टीका नेताहरु र जनसम्पर्क विभाग लगायतसँग समन्वय समन्वय गरेर जाने तयारी भएको छ। यदि सो गतिबिधिमा सभापति आस्था मल्ल सहमत नभए पनि अधिवेशन हुने र नयाँ नेतृत्व चयन हुने भएको छ।