जापानमा कृसु क्षेत्रीकाे नवीनतम् हाइकु संग्रह नीलाेअाँसुकाे लाेकार्पण

जापानमा कृसु क्षेत्रीकाे नवीनतम् हाइकु संग्रह नीलाे अाँसुकाे लाेकार्पण

Hollywood Khabar October 05,2018 Comments

जापानमा हालै सम्पन्न भएकाे हाइकु महाेत्सवमा नेपालका चचिर्त साहित्यकार तथा कूटनीतिक व्यक्ति कृसु क्षेत्रीकाे नवीनतम् हाइकु संग्रह नीलाे अाँसुकाे लाेकार्पण भएकाे छ ।
 
कार्यक्रममा जापानका चर्चित कविहरु बान्या नाचुइसी, सायोमी कामाकुरा, हिदेकी आइसिकुरा, हासाओ हासेगोआ, मुगेन सातोमोरा, चिल्कुबोन, साकी इन्यु तथा नेपाली भाषा विशेषज्ञ जापानी नागरिक हारुहितो नोजुका अतिरिक्त डा. रामकुमार पाँडे तथा प्रकास पाैडेल माइलाकाे उपस्थिति थियो ।
 
हाइकू महोत्सबमा विभिन्न श्रष्टाका एक अंग्रेजी सहित नौ वटा हाइकूका पुस्तक बिमोचन गरिएको थियो ।साेही समाराेहमा प्रा. रामकुमार पाँडेको हन्टिंग हाइगा, प्रकाश पौडेल माइलाको रातो साकुरा (हाइकुसंग्रह) लगायतका कृतिहरूकाे पनि लाेकार्पण गरिएकाे थियाे ।
 
नेपाल हाइकू केन्द्र र अन्तर्राष्ट्रिय साहित्य समाज र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) जापान च्याप्टरको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रमको संयोजन प्रकाश पौडेल माइलाले गरेका हुन्। साहित्यकार कृसु क्षेत्रीकाे हालै साझा प्रकाशनबाट प्रकाशित चराकाे गीत नेपाली साहित्यका पाठकहरूमा अत्यन्त लाेकप्रिय रहेकाे थियाे ।