-राजदूतावास जापानले विद्यार्थीहरुको सहकार्यमा दोस्रो चरणको पर्यटन प्रवर्द्वनात्मक कार्यक्रम सम्पन्न गर्यो

राजदूतावास जापानले विद्यार्थीहरुको सहकार्यमा दोस्रो चरणको पर्यटन प्रवर्द्वनात्मक कार्यक्रम सम्पन्न गर्यो

Hollywood Khabar February 03,2020 Comments

प्रेमिला गौचन, टोकियो

जापान स्थित नेपाली राजदुतावासले जापानमा अध्ययन गरीरहेका नेपाली विद्यार्थीहरुको सहकार्यमा गत आईतबार नेपाल सरकारको २० लाख पर्यटक पुर्याउने लक्षित गौष्ठी तथा पदयात्राको कार्यक्रम सम्पन्न गरेको छ।

पदयात्रामा भिजिट नेपाल २०२० अंकित व्यानर, टिशर्ट, गाइड्बूक, पम्प्लेट, गलबन्दि, ब्याज तथा नेपाली झन्डा बोकी पर्यटन प्रवर्द्वनात्मक नारा लगाउदै जापानीहरुलाई प्रचारात्मक सामग्रीहरु वितरण गर्दै हिंडेका थिए।

पदयात्रा योयोगी पार्क, शिबुया कुयाक्स्यो (शिबुया वडा कार्यालय), शिबुया बजार परिक्रमा गर्दै जिङगो माए पार्कसम्म पुग्दा करिव १ घण्टामा समापन भएको थियो। र्यालीमा सहभागीहरुलाई सुरक्षा तथा मार्गदिशा निर्देशको लागि प्रहरीहरुले साथ दिएका थिए।

यात्राामा राजदूत प्रतिभा राणा, उपनियोग प्रमुख कृष्ण चन्द्र अर्याल, द्वुतिय सचिव प्रेम बराल, एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारी, महासचिव जनक विक्रम शाह , सल्लाहकार जिज्ञान थापा, एनआरएन आइसिसिका क्षेत्रिय युवा संयोजक दिपक कंडेल, पुर्व अध्यक्ष ओम गुरुङ, संचारकर्मी, व्यापारी तथा ४७ जना नेपाली विद्यार्थीहरुको सहभागीता रहेको थियो।

विद्यार्थिहरु टोकियो, सिजोउका, चिवा र तोचिकीकेनबाट आएका थिए । उनिहरु सबै IHNO जापान स्थित संस्था मार्फत छात्रावृत्ति प्राप्त विद्यार्थिहरु थिए। IHNO को प्रमुख कोमियामा योशिहारुले नेपाल प्राकृतिक मनोरम दृश्यले भरिपूर्ण भएको साथै बिश्वशान्तिको अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल लुम्विनी, विश्वको शिखर सगरमाथा भएको नेपाललाई जापानीहरुले अती नै मन पराउने भयता पनि यो सन्देश सबै जापानीहरु माझ पुर्याउने भूमिका खेल्नु विद्यार्थीहरुको पनि दायित्व रहेको बताउदै उनले जापान सरकारको नियमनमा रहेर आफ्नो अध्ययनलाई निरन्तरता दिनुपर्ने सुझाव दिए।

दूतावासको निवासमा भएको पहिलो कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत राणाले मन्दिरै मन्दिर भएको नेपाल अर्थात Temple of Nepal ले चिनिने तथा प्राकृतिक मनोरमको दृश्यावलोकन गर्न आउने पर्यटकको लागि विद्यार्थी भाईबैनिहरुद्वारा पनि पर्यटन प्रर्वद्वनमा सहयोग पुर्याउनु पर्ने कर्तव्य रहेको बताउदै उहाले सरकारले मात्रै नभै तपाईंहरु भविस्यको कर्णधारहरुको पनि प्रमुख दायित्व रहेको बताउनु भयो।

त्यस्तै उपनियोग प्रमुख कृष्ण चन्द्र अर्यालले राजदूतावासको यो विद्यार्थी लक्षित पर्यटन प्रर्वद्वनात्मक दोस्रो चरणको कार्यक्रम रहेको बताउदै उहाले पदर्यालीमा अनुशासन र संयमित भई प्रचार प्रसारमा लाग्न आग्रह गर्दै प्रर्वद्वनात्मक कार्यक्रममा जापानमा लागु हुने आधुनिक सुचना प्रविधिमा पनि गहिरो अध्ययन गर्ने बताए।

कार्यक्रमको उद्घघोषण द्वितीय सचिव प्रेम बरालले गरेको सो कार्यक्रममा एनआरएनएका अध्यक्ष देवीलाल भण्डारीले टाढा देखी आएका विद्यार्थी लगायत कार्यक्रममा सहभागी सबैमा हार्दिक धन्यवाद दिएका थिए। एनआरएनए जापान प्रर्वद्वनात्मक कार्यक्रममा सह आयोजकको भूमिका खेल्दै आएको छ।

विद्यार्थीको तर्फबाट आशिष केसिले जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरुको समस्याको लागि दूतावासले सम्बोधन गर्नु पर्ने बताउदै उनले नेपाललाई चिनाउने काममा हामीहरुले सदैव हातेमालो गर्नेछौ। उनले थपे, प्रचार सामग्री तथा सूचना प्रविधी नेपाली शैलीको भएकोले यसलाई जापानी भाषामा अनुवाद गरी प्रचार गरेमा जापानमा थप प्रचारमुखी हुने सुझाव दिए।

औपचारिक कार्यक्रम पश्चात टाढा टाढाबाट आएका विद्यार्थि तथा सहभागीहरुलाई दुतावास निवासमा दिवा भोज उपलव्ध गराएको थियो। त्यसपछी सबैजना र्यालिमा सहभागी हुन शिबुयामा गएका थिए। मौसमले पनि साथ दिएको घमाइलो दिनमा पर्यट्न प्रवर्द्वनका विविध नारा लगाउदै जापानीहरु माझ र्याली गर्दा निकै रमाइलो महशुस भएको थियो साथै जापानीहरुले पनि निकै उत्सुक्ताका साथ हेरी रहेका थिए।