-दिलु पन्त, काठमाण्डौ, जुन २६, २०१८
मन्दिरहरु पनि डुले, देउताहरु भेट्न
उकालीको यात्रा थाले, शिखर्हरु टेक्न
मन्दिर भित्रै पिडित कठै, देउता भन्नेहरु
कहाँ गइ खुशी मागौ, भनी देउनबरु
त्यो क्षितिज भन्दा पनि, मेरो खुशी टाढा
दिनहरु डुब्दै गए, रात बन्दैछ गाढा
सपनाहरु काढेतारमा, उनिएर फुल्छ्न
प्राप्तिहरु वारि नआइ भुमरी मै पर्छन
आकाश पनि शीत बनी, रुन्छ धुरुधुरु
कहाँ गइ खुशी मागौ भनी देउन बरु
दुनियाँका मनका मेरा, पृय साथिहरु
जस्ले भन्छ आरामै छु, लुकाइ चोटहरु !!
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...