३२ जेठ काठमाण्डौ।काठमाण्डौमा शनिबार बिहानै चर्को घाम लागेको छ।शुक्रबारको अधिकतम तापक्रम यो वर्षकै उच्च ३३ दशमलव ५ डिग्री सेल्सियस पुगेको थियो। काठमाण्डौमा शनिबार बिहानको तापक्रम १९ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।शनिबार काठमाण्डौको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ।महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार अहिले चर्को घाम लागे पनि दिउँसोपछि आशिंक बदली भएर बेलुकीतिर उपत्यकाको थोरै ठाउँमा फाट्टफुट्ट पानी पर्ने संभावना छ।एक दुई ठाउँमा मेघगर्जन र हुरीबतास पनि चल्ने उहाँको अनुमान छ।
यस्तै भैरहवाको अधिकतम तापक्रम पनि शुक्रबार यो वर्षकै उच्च ४२ दशमलव १ डिग्री सेल्सियस पुगेको छ।गएको ३ गते भैरहवाको तापक्रम ४१ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको थियो।त्यसयता घटेको तापक्रम हिजो भने ४२ दशमलव १ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ।
यस्तै अरु ठाउँमा पनि तापक्रम बढेर जनजीवन कष्टकर भएको छ।हिजो धनगढीको तापक्रम ४२ दशमलव ३ डिग्री सेल्सियस, दिपायलको ४२ दशमलव १ डिग्री सेल्सियस र नेपालगन्जको ४१ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।
अहिले पूर्वको मौसम भने पूर्ण रुपमा बदली भएको मौसमविद् सुवास रिमालले जानकारी दिनुभयो।अरु ठाउँको मौसम सफा छ।उहाँका अनुसार सुनसरीदेखि पूर्वमा पूर्ण बदली भई केहि ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी परिरहेको छ।यो क्रम अबको दुई तीन घण्टासम्म चलेर त्यसपछि मौसम खुल्नेछ।तर फेरि दिउँसोपछि बदली भई पानी बेलुकीतिर फाट्टफुट्ट पानी पर्ने उहाँको अनुमान छ।
सिफारिस
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता