-एनआरएनए:झटारो झुप्पोमै हानिन्छ, सिउँडीमा होइन:अध्यक्षका उम्मेदवार सुवेदी

एनआरएनए:झटारो झुप्पोमै हानिन्छ, सिउँडीमा होइन:अध्यक्षका उम्मेदवार सुवेदी

Hollywood Khabar May 02,2021 Comments

हलिउडखबर, अमेरिका, मे ३, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाका वर्तमान उपाध्यक्ष तथा अध्यक्षका उम्मेदवार बुद्धि सुवेदी र उनका सहकर्मी उम्मेदवारहरुले टेक्ससका प्रमुख ३ शहरमा भब्य रुपमा चुनावी कार्यक्रम सम्पन्न गरेका छन्।

अमेरिकाका १५ भन्दा धेरै शहरमा चुनावी कार्यक्रम सम्पन्न गरेका सुबेदी हाल आएर चर्चाको शिखरमा पुगेका छन्। अध्यक्षका अन्य उम्मेदवारहरुले उनीप्रति गरेको लक्षित प्रहार, उनको पक्षमा उपस्थितिको लहर, इण्डोर्श गर्नेको होडबाजी र उनका प्रतिपक्षका हतासो देख्दा उनको पल्लाभारी भएको ठोकुवा गर्न सकिन्छ।

आफ्नो टेक्ससको कार्यक्रमपछि सुबेदीले भने:

  • टेक्सस हाम्रो राज्य हो, हामी यहाँका राजा हौँ भन्ने साथीहरुको सोचमा मैले नतिजा फरक पाएको छु। यहाँका नेपाली समुदाय, अगुवा, हाम्रो संघका सदस्य लगायत सबैले म र मेरो सहकार्यमा आउनुभएका अन्य पदका उम्मेदवारहरुप्रति राम्रो रेस्पन्स दिनुभयो। उहाँहरु उपस्थित हुनुभयो, मसँग कुरा गर्नुभयो, टाढा देखि यो कोरोनाको समयमा पनि आउनु भयो, सुझाव र सहयोग गर्ने प्रतिबध्दता दिनुभयो। यति मात्र होइन डालसमा त अभूतपूर्व उपस्थिति रहनगयो। यसलाई रियालिटी सो को ग्राण्ड फिनाले भनेको जस्तै भयो। म यसबाट अत्यन्तै खुशी भएको छु। टेक्ससलाइ धन्यवाद दिन चाहन्छु।
  • फेरी मेरो सोच अरु भन्दा फरक छ। मैले को कसको टिममा छ भनेर भेदभाव गरेको छैन। मैले आफूले कसैलाई इन्डोर्स पनि गरेको छैन र गर्नु परेको पनि छैन। कसैलाई म तिर आउनुहोस भनेर अनुनय-बिनय गरेको छैन। साथीहरु सहकार्यको लागि आफैं आउनु भएको छ, सघाउनु भएको छ, प्रचार गर्नुभएको छ, खट्नु भएको छ। उहाँहरु मेरो लागि सम्पति हो।
  • कतिपय ठाउँमा मलाइ समर्थन गर्दै एकै पदमा धेरै साथीहरुसंगै भिड्नु भएको छ। तर पनि मसँगै आउनु भएको छ। उहाँहरु भन्नुहुन्छ, नतिजा जे होस तपाइँ जित्नुभयो भने हाम्रो एजेण्डाले पनि जित्छ। घोड़चडीको घोडा मात्र निशान बिन्दुमा पुगेपनि खेल जित्छ भने जस्तै तपाइँले जित्नु भनेको हाम्रो बिषयले नै जित्नु हो, हामी आफू जित्नु हो। यस्तो अभिव्यक्ति सुन्दा म भावुक हुन्छु। मसँग सहकार्य गर्न आउनुहुने यस्ता साथीहरुप्रति म सधैं आभारी रहने छु, ऋणी छु र सधैं ऋणी नै रहन्छु होला। तर निर्वाचनपछि मैले जितेको खण्डमा उहाँहरु सधैं मसँग रहनु हुनेछ चाहे नतिजा जे सुकै नै होस।
  • मलाइ यो पटक टेक्ससमा आउँदा अत्यन्तै खुशी लाग्यो। अस्टिनले मलाइ गतिलो उर्जा दियो, अर्भिङले सुन्दर रुपमा ढाडस दियो, ह्यूश्टनले विश्वासको दियोको जलायो अनि डालसले मेरो जित निश्चित गरिदियो। टेक्ससलाइ मुरी-मुरी धन्यवाद !
  • हो निश्चित रुपमा पनि यो सफलतामा मसँग सहकार्य गर्ने साथीहरु, सहयोगीहरु र सबैको प्रमुख हात छ। म त केवल प्रतिनिधि मात्र हुँ, योगदान यहाँहरुको हो र म त्यसलाई बिर्सने छैन, यो मेरो प्रतिबद्धता भयो।
  • म काम नै गर्न आएको व्यक्ति हुँ, मसँग कुनै पुच्छर छैन, हाइकमाण्ड पनि छैन। म संघको एउटा सिष्टममा छु। साथीहरुसँग छु, अन्य पदका उम्मेदवारहरुसँग छु, संघका सदस्य, हाम्रो समाज, समुदाय र नेपाली अमेरिकन समुदायसँग छु। अनि त्यसैको नेतृत्वमा पुग्ने प्रयास गर्दैछु।
  • फरक यत्ति हो कि मैले मेरो दैनिक बोलीमा रुपमा अरुको कमाण्डमा काँचुली फेरेको छैन। मैले अण्डा देखे दुलो भित्र हात र सर्प देखे दुलो बाहिर हात पनि गरेको छैन। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकालाइ घात हुने र आफ्नो निजि स्वार्थको लागि डबल डीप गरेको छैन।
  • अबश्य पनि आजकल मलाइ एक होइन, दुइ होइन, तीन होइन अध्यक्षका सबैजसो उम्मेदवारहरुले टार्गेट गर्नुभएको छ। जित्ने आफू हुँ भन्नुहुन्छ अनि टार्गेट चाहिं मलाइ गर्नुहुन्छ। जित्ने निश्चित नै उहाँको हो भने चिन्ता के को हो र ? डर केको हो ? तर म भने त्यसबाट अत्यन्तै खुशी भएको छु। किन कि झटारो फलेको झुप्पोमा नै हानिन्छ, मरुभुमीको सिउँडीमा होइन। अनि म मरुभुमीको सिउँडी होइन बगैंचाको फलेको फलको झुप्पो नै हुन चाहन्छु। मेरो अध्यक्षको उम्मेदवारीमा टार्गेट गर्नु भनेको झुप्पोमा झटारो हानेकै हो। यसबटा मलाइ मेरो स्तर र जितको बाटो प्रष्ट भएको छ। जिम्मेवारी बढ्ने कुरा अगाडी देखिन थालेको छ अनि मलाइ अझै जिम्मेवार भएर जानुपर्ने महसुश भएको छ।

अध्यक्षका उम्मेदवार बुद्धि सुवेदीका एनआरएनए एनसीसीसँग संबन्धित समाचारहरु:

एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदी टेक्ससका ३ प्रमुख शहरमा जाँदै

एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीका ३ प्रमुख कार्यक्रम सम्पन्न

एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीका ३ अन्तरक्रिय ३ दर्जन भन्दा धेरै उम्मेदवार उपस्थित हुने

एनआरएनए एनसीसी अमेरिकाको अध्यक्षमा बुद्धि सागर सुवेदीको उम्मेद्वारी दर्ता

एनआरएन:चुनाव त जित्छु, मेरो एजेण्डा र संस्थाले पनि जित्नुपर्छ:अध्यक्षका उम्मेदवार सुवेदी

एनआरएनए अमेरिका:जनसम्पर्क नेता मैनालीले बुद्धि सुवेदीलाई सपोर्ट गर्ने

एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीको लिड र भिड, के सीको टक्कर दिने तयारी

नेपाली अमेरिकन समुदायको मुद्धा नै मेरो एजेण्डा हो, अध्यक्षका उम्मेदवार सुवेदी

एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार सुबेदीको छैठौं कार्यक्रम केन्टकीमा

एनआरएन अमेरिका:माहोलै माहोलबीच अध्यक्षका उम्मेदवार सुबेदीको कोलोराडो माहोल

एनआरएन:चुनाव त जित्छु, मेरो एजेण्डा र संस्थाले पनि जित्नुपर्छ:अध्यक्षका उम्मेदवार सुवेदी

एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीको लिड र भिड, के सीको टक्कर दिने तयारी

NRNA US:अध्यक्षका उम्मेदवार सुवेदीका अघिपछि उम्मेदवारको घेरो, सिकागो कार्यक्रम दोश्रो खुड्किलो

एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीको सिकागो कार्यक्रममा सर्प्राइज इण्डोर्श हुने

एनआरएन अमेरिका: अध्यक्षका फ्रन्ट रनर सुवेदीको दोश्रो चुनावी कार्यक्रम सिकागोमा

एनआरएनमा गैरआवासीय नेपालीको मुद्धा उठाउने नेतृत्व हुनुपर्छ, सुवेदी

एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीको न्यूयोर्कमा चुनाव प्रचार कार्यक्रम

एनआरएनए एनसीसी अमेरिकाका उपाध्यक्ष सुवेदीद्वारा अध्यक्षका लागि उम्मेदवारी घोषणा

कुरा मेरो उम्मेदवारीको होइन सदस्यता विस्तारको हो, ५ कुरामा फोकस:उपाध्यक्ष सुवेदी