जीवन रोजी छानी-कृष्ण के सी

Hollywood Khabar February 25,2017 Comments

जीवन रोजी छानी 

कृष्ण के सी, १ जुलाइ २०१६ 

कुराले म मरिसके मनले जिउँदै छु

सम्झनाका परेलीमा याद पिउँदै छु !

कता उनी कता म झिल्को पिरतीको 

रेटी रेटी सधैं बस्छु  ठूटे जिन्दगीको !!

अगुल्टोले पोले बरु आथ्था भन्थे होला 

मुस्कानले मार्दो रैछ खहरे झैँ खोला !!! 

बग्ने खोला भुल्ने मायाँ कर्कलाको पानी

जल्ने मुटु चल्ने छायाँ जीवन रोजी छानी !!!!