-साङ्केतिक तस्बिर

जिपको ठक्करबाट प्रहरीको मृत्यु 

Hollywood Khabar February 13,2020 Comments

२ फागुन,काठमाडौं।बनेपामा जिपको ठक्करबाट प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ।भक्तपुरबाट पाँचखालतर्फ जाँदै गरेको बा.१९ च १३२३ नम्बरको जिपले शुक्रबार ठक्कर दिँदा प्रहरी चौकी साँगामा कार्यरत नवलपरासी घर भएका प्रहरी सहायक निरीक्षक तेजबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।जिपको ठक्करबाट गम्भीर घाइते भएका  गुरुङको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।