-तस्विर वेव

जितिया पर्वको व्रत आजदेखि शुरु   

Hollywood Khabar September 19,2019 Comments

४असोज,जनकपुर ।मैथिलि संस्कृतिको पर्वमध्ये प्रमुख जितिया पर्वको व्रत आजदेखि शुरु भएको छ।मैथिल संस्कृतिको पर्वमध्ये एउटा प्रमुख पर्व मैथिलि समुदायका महिलाहरुले मनाउने जितिया पर्वको  व्रतमा ३६ घण्टा निराहार उपवास बसी थुक पनि नानिली मनाउँछन्। आज शनिबार सूर्योदय भएदेखि शुरू भएको जितिया व्रत भोलि आइतबार दिउँसो ३ बजेपछि सम्पन्न हुनेछ । सन्तानको सुख शान्ति र चिरायूका लागि मनाउने यसब्रतलाई  ‘जिमुतवाहन’ व्रत पनि भनिन्छ ।जितिया पर्व यस कारणले पनि प्रसिद्ध छ की यसको ब्रतमा नियमपूर्वक पूजा गर्नाले आफ्नो सन्तानको आयु वृद्धि हुने जनविश्वास रहेको छ ।
 
 आइतबार र मङ्गलबार पर्ने जितियालाई खर जितिया पनि भनिन्छ । कुनै व्यक्ति ठूलो दुर्घटनाबाट बाँच्न सफल भयो भने उसको आमाले खर जितिया गरेकी रहेछिन् भन्ने मान्यता पनि रहेको छ।भविष्य पुराणमा वर्णन गरेअनुसार जिमुतवाहन शालिवाहन राजाका पुत्र थिए, उनीमाथि महादेवको असीम कृपा रहेकाले उनको नियमनिष्ठाले व्रत गर्ने महिलालाई सन्तान दीर्घायू हुने वरदान भगवान्बाट प्राप्त गरेका थिए ।आज अष्टमीका तिथिमा व्रतार्थीले पूर्णतया निराहार बसी साँझपख जिमुतवाहन, चिल र स्याल विषयक कथा सुन्ने गर्दछिन् ।

कथा सुन्ने बेलामा व्रतार्थीले आफ्नो पाइतालामुनि एउटा खर राख्नुपर्ने हुन्छ । कथा समाप्त भएपछि पाइतालामुनिको खरलाई छ टुक्रा पारी तीनतीन पटक गरी शरीरको अगाडि र पछाडि फ्याँकिने गरिन्छ । यो भावले पारिवारिक जीवन सुखमय होस् भन्ने कामना बोकेको पाइन्छ ।नवमी तिथिमा स्नानादी गरी पवित्र भई जिमुतवाहन, चिल, स्याल र दिवङ्गता महिलालाई नैवेद्य अर्पण गरी प्रसाद ग्रहण गर्ने गरिन्छ । यसरी यो व्रतको पारण गरिन्छ । पारणका दिन अङ्कुरी ९भिजाइएको केराउ० सहित पकाएको साग खाने प्रचलन रहेको छ । यसप्रकार यो व्रतले करीब तीन दिनको अवधि समेटेको हुन्छ ।
 
जितिया व्रत कुनै शास्त्रीय देवताको नभई लोकदेवता जितवाहनको आराधना गर्ने भएकाले यसलाई जीवितपुत्रीका व्रत पनि भनिन्छ । यस व्रतको पहिलो दिन सप्तमी तिथिमा नहायखाय, तेलखरी, पितराइन र ओठङ्नको विधि गर्ने चलन रहेको छ ।जितिया पर्वमा प्रयुक्त हुने तोरी वा सस्र्यूको तेल, पिना, घिरौलाको पात, नैवेद्यका वस्तुहरू स्वास्थ्य र संस्कृतिका दृष्टिले महत्वपूर्ण रहेका छन् । व्रतको एक दिन पहिले कोदोको रोटी र माछा तथा एक दिन पछि केराउ मिसाइएको साग खानुपर्ने व्यवहारले मिथिलाको खानपान र विविधताको पहिचान पनि गराउँछ । यस्तै ओठङ्नको समयमा पानी खाने बेलामा भन्ने मन्त्रले दाजुभाइ तथा दिदीबहिनीबीच आत्मीयताको बोध गराएको हुन्छ । चिल र स्याललाई नैवेद्य चढाइनुले पशुपक्षीप्रति समेत आत्मीयता र श्रद्धा प्रदर्शित भएको देखिन्छ ।