-एनआरएन:चुनाव त जित्छु, मेरो एजेण्डा र संस्थाले पनि जित्नुपर्छ:अध्यक्षका उम्मेदवार सुवेदी

एनआरएन:चुनाव त जित्छु, मेरो एजेण्डा र संस्थाले पनि जित्नुपर्छ:अध्यक्षका उम्मेदवार सुवेदी

Hollywood Khabar April 01,2021 Comments

हलिउडखबर, अप्रिल १, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाका वर्तमान उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी बुद्धि सागर सुवेदीको तेश्रो चुनावी अन्तरक्रियाको कार्यक्रम मिसिगनमा आयोजना गरिएको छ।

यस अघि सुबेदीको चुनाव प्रचार टिमले न्यूयोर्क र सिकागोमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। स्टेट अफ मिसिगनमा आयोजित अन्तरक्रिया चाहिं तेश्रो हो। अप्रिल ४, २०२१ आइतबार दिनको ४:०० बजे सुरु सो कार्यक्रम सुरु हुने बताइएको छ।

आफ्नो चुनावी कार्यक्रमबारे हलिउडखबरसँग कुरा गर्दै सुवेदीले भने, चुनाव त म पक्कै जित्छु तर मैले जित्दैगर्दा मेरो एजेण्डाले पनि जित्नुपर्छ। यति मात्र होइन एनआरएनए एनसीसी अमेरिकाले पनि जित्नुपर्छ, सँस्थाले जित्नुपर्छ। हामी सबै नेपाली अमेरिकन समुदायले जित्नुपर्छ।

त्यसैले, न्यूयोर्क, सिकागो र अन्य क्षेत्रबाट सिकेका, सुनेका तपाइहरुका कुराहरुलाइ नै लिएर म साथीहरुसंगै मिसिगन आउँदैछु। कुरा मेरो मात्र होइन कुरा संस्था र आम नेपाली अमेरिकन समुदायको हो। यो केवल जित या हारको पनि होइन, कुरा हाम्रो अस्थित्व, नेपालीत्व, आधिकार र सन्ततिको भविष्य सम्मको कुरा छन्। ति सबै कुराको जित हुनुपर्छ, म त्यसैको लागि लागि परेको छु, अध्यक्षका उम्मेदवार सुवेदीले भने।

मिसिगन कार्यक्रममा उपस्थित हुने आकांक्षीहरुमा:

  • अध्यक्षका उम्मेदवार बुद्धि सुवेदी
  • बरिष्ठ उपाध्यक्षका उम्मेदवार बाबुराम (बिआर) लामा
  • उपाध्यक्षका उम्मेदवार गोपेन्द्र राज भट्टराई
  • उपाध्यक्षका उम्मेदवार डिलु राज पराजुली
  • महासचिवका उम्मेदवार अन्जन कुमार चौलागाईं
  • सचिवका उम्मेदवार तारा ढकाल मरहट्टा (महिला)
  • सचिवका उम्मेदवार अनुप खनाल
  • कोषाध्यक्षका उम्मेदवार राजीव श्रेष्ठ
  • त्यसैगरी बोर्ड सदस्यका उम्मेदवारहरु बिशाल राना, सन्तोष पहारी लगायत व्यक्तिहरु मिसिगन पुग्ने भएका छन

अन्तरक्रिया:

मिति : ०४/०४/२०२१ ( आइतबार)

समय : ३ बजे देखि ७ बजे सम्म

स्थान : 35203 Grand River Ave, Farmington, MI 48335

नोट: कार्यक्रममा मास्क तथा सामाजिक दुरी अनिवार्य हुने जनाइएको छ।