-गोविन्दराज जोशी

काँग्रेसमा गोविन्दराज जोशीको कारबाही होइन रामचन्द्र पौडेलको तनहुँबाट उठिबास

Hollywood Khabar September 09,2020 Comments

नेपाली कांग्रेसको अनुशासन समितिले पार्टीका पूर्व सहमहामन्त्री तथा नेपाल सरकारका पूर्व गृहमन्त्री समेत रहेका गोविन्दराज जोशीलाइ पार्टीबाट गरेको कारबाही महँगो पर्ने भएको छ।

व्यक्तिगत इगो र दुश्मनीका कारण बरिष्ठ नेता रामचन्द्र पौडेल र गोबिन्द राज जोशीबीच बर्षौं देखि बढेको आपसी छप्पन हान्ने क्रमले चरम रुप लिएको छ। पछिल्लो पटक निर्वाचनमा उम्मेदवार नै हुन नदिने हर्कत नेता पौडेलले गरेपछि बिच्किएका जोशीले थुप्रै गतिबिधि गरे। त्यसलाई थिति लगाउन सभापति शेर बहादुर देउबासँग मिलेर नेता पौडेलले भागबण्डामा जोशीलाइ पार्टीको केन्द्रीय अनुशासन समिति मार्फत पाँच वर्षका लागि निष्काशनको कारबाही गर्न सहमति गरे छ।

उसो त गोविन्दराज जोशी सुद्ध व्यक्ति हुन् भन्ने कुरा आम नागरिकले पत्याउँदैनन्। तर पनि उनले कार्यकर्ता भने पालेका छन्। पार्टीबाट यो समयमा कारबाही गर्नु उपयुक्त थिएन भनेर केन्द्रिय सदस्य डा शेखर कोइरलाले समेत बोलेका छन्। पार्टीको अन्य कुरामा एक रत्ति पनि भाग लिन नसकेका बरिष्ठ पगरिका नेता पौडेलले अन्तत एक भाग लिएर जोशीलाई कारबाही गराएर नै छाडे। उसो त आफू भन्दा तलका नेतालाई सपोर्ट नगरेको कारण उनकै गृह जिल्लाका नेपाल बिधार्थी संघका तीन-तीन जना अध्यक्ष शंकर भण्डारी, गोविन्द भट्टराई र प्रदिप पौडेल नै पौडेलको विपक्षमा छन्।

यसैबीच जोशीको कारबाहीको विरुद्धको कारवाही फिर्ता गर्न माग गर्दै तनहुँका कांग्रसीहरुले हस्ताक्षर सङ्कलन गरेका छन्। यसमा जोशी समर्थक मात्र नभएर पौडेल बिरोधी सबैपक्ष संलग्न रहेको बताइन्छ। उसै पनि तनहुँमा पौडेल भन्दा जोशी बलिया छन्। जोशीका तर्फ कार्यकर्ता धेरै छन्, उनले जे सुकै भएपनि कार्यकर्ता पालेका छन्। तर पौडेललाइ भने कार्यकर्ताले मन पराउँदैनन्।

यदि जोशी बिरुद्धको कारबाही फिर्ता भएन भने तनहुँमा पौडेलको चुनाबी जित पार्टी र संसद दुबैको लागि अन्तिम नै हो भन्छन राजनीतक विश्लेषकहरु। बिक्रमाप्द २०१९ देखि नेपाली काँग्रेसमा रहेका जोशीलाई कारवाही गरिनु दुःखद रहेको कुरा उल्लेख गर्दै २००० जना कृयाशील सदस्यको हस्ताक्षर पार्टी सभापति शेर बहादुर देउबालाई बुझिएको बताइएको छ।