-जुलाई ४, अमेरिकाको स्वतन्त्रता दिवस, ४ जुलाई १७७६ अमेरिकाको जन्मदिन

जुलाई ४, अमेरिकाको स्वतन्त्रता दिवस, ४ जुलाई १७७६ अमेरिकाको जन्मदिन

Hollywood Khabar July 02,2020 Comments

कृष्ण के सी, अमेरिका, जुलाई ४, २०२३

जुलाई ४, अर्थात अमेरिकी स्वतन्त्रता दिवस राष्ट्रभर मनाइदैछ। पहिला ४ जुलाई १७७६ का दिन अमेरिका स्वतन्त्र भएको घोषणा गरिएको दिन हो।

आजका अमेरिकी नागरिक भनेका संसारका सबै ठाउँमा छाती चौडा गरेर हिंड्ने विश्वका सबैभन्दा धेरै नाम लिने गरिएका सम्मानित नागरिक हुन्। यो लेख्दै गर्ने व्यक्ति पनि जन्मले गहुँ-गोरो बीर नेपालीको सन्तान र इच्छाले गौरवशाली अमेरिकी नागरिक हो। अमेरिका स्वतन्त्र हुन देखि यो अवस्था सम्म पुग्न यो लेखको कुनै पनि हात छैन। तर जहिले देखि यो देशमा छ, सकेको काम गरेर देशको कानुन र मर्यादा भित्र रहेको छ। अनि स्वतन्त्रता दिवस खुशीले मनाउँदै छ।

जब अमेरिकीहरुले आफ्नो स्वतन्त्रता दिवस मनाउंदै गर्छन तब त्यहाँ पनि एउटा इतिह्स जीवित रहेको हुन्छ। हरेक अमेरिकी नागरिकले त्यो स्वतन्त्र भएको दिन संझेका हुन्छन। अमेरिकी स्वतन्त्रतासँग देश मात्र होइन विश्वका थुप्रै देशका स्वतन्त्रता, मानव अधिकार र राष्ट्रिय अस्थित्वको समेत प्राण रहेको छ।अमेरिका जीवित र अस्थित्वमा रहँदा विश्वका करोडौं मानिसहरुले जीवन भन्न पाएका छन्।

आजको संसारमा देखिएको स्वतन्त्र, शक्तिशाली देश अमेरिका र अमेरिकी हेजीमनीको पछाडी थुप्रै अमेरिकी नागरिक र यो देशका नेताहरुको समेत योगदान रहेको छ। उनीहरुको संघर्ष, बलिदान, योगदान, बुद्धी-विवेकले नै आजको अमेरिका बनेको हो। ८ बर्ष लामो लडाइ पछि ४४०० मानिसहरु गुमे, ६२०० मानिसहरु घाइते भए अनि मात्र अमेरिका स्वतन्त्र भएको कुरा अमेरिकी इतिहासले बताएको छ।

अनि आज २४३ औं अमेरिकी स्वतन्त्रता दिवस तिनै बलिदानी, योगादन र संघर्षको प्रतिफल नै प्राप्त जीवनको खुशी हो। स्वतन्त्रता मात्र आफैंमा प्रगति होइन। त्यसपछिको सरकार र नेतृत्वले गर्ने सहि नेतृत्वले नै देशको कायापलट फेर्छ। एक पटक स्वतन्त्र भएको अमेरिका आज यो स्थानमा छ तर कयौं पटक स्वतन्त्र भएका नेपाल लगायतका देश किन माथि आउँदैनन, हरेक पटक प्रश्न उठ्छ?

इतिहासलाइ हेर्दा The Continental Congress ले १३ वटा कोलोनीहरुलाइ नयाँ राष्ट्र, The United States of America घोषणा गरेको दिन जुलाई ४ हो। यसलाई अमेरिकाको जन्म दिन पनि भन्ने गरिएको छ। इतिहासमा कंग्रेसले सो घोषणा गर्नु २ दिन अगाडि, २ जुलाई मा नै गरेको हो पनि भनिएको छ। जे सुकै भनिएता पनि यो राष्ट्रिय पर्व, छुट्टी हुने अमेरिकाको जन्म दिन धुम-धामसंग मनाइन्छ।

जुलाई ४ राष्ट्र देखि व्यक्ति र परिवार सम्म हरेक ठाउँमा फरक-फरक तरिकाले मनाइन्छ। फायर वर्कस्, परेड, कार्निभल्स, पिक्निक, BBQ पार्टी, कन्सर्ट, बेसबल खेल, पारिवारिक भेटघाट, घुम्न जाने, छुट्टी जाने, राजनैतिक भाषणका कार्यक्रम लगायत बिभिन्न कार्यक्रमहरु हुने गर्छन जुलाई ४ मा।

हलिउडखबर र यो लेख्दै गर्ने व्यक्ति सम्पूर्ण अमेरिकी तथा नेपाली अमेरिकनहरुलाई जुलाई ४ को हार्दिक शुभकामना व्यक्त गर्दछ।