साङ्केतिक तस्बिर साभार वेब

ज्वरो देखिएको बिरामी अस्पतालले लिन नमान्दा बिरामीको मृत्यु

Hollywood Khabar March 31,2020 Comments

१९ चैत्र विराटनगर।धनकुटाबाट उपचारका लागि ल्याइएकी एक महिलाको प्रदेश १ कै सुविधा सम्पन्न भनेर चिनिने अस्पतालले उपचार गर्न नमान्दा उनको मृत्यु भएको छ।विराटनगरका न्यूरो, विराट नर्सिङ होम समेतका ठूला अस्पतालले बिरामी लिन अस्वीकार गर्दै उपचार गर्न नमानेपछि धनकुटाको महालक्ष्मी नगरपालिका-५ लेगुवाकी ५२ वर्षीया नरदेवी गुरुङको मंगलबार मृत्यु भएको हो।उनी वडाअध्यक्ष शिवकुमार लिम्बू तुम्बाकी कान्छी बहिनी हुन्।छोरी लक्ष्मी गुरुङ(राई)का अनुसार बगैंचाको फूलमा पानी लगाउने क्रममा नरदेवी बिहान लगभग ६:३०बजे ढलेर बेहोस बनेकी थिइन्।‘स्थानीय क्लिनिकमा उपचारका क्रममा उच्च रक्तचापका कारण आमालाई समस्या भएको पत्ता लाग्यो,’ लक्ष्मीले भनिन्, ‘क्लिनिकले यहाँ सम्भव नहुने भन्दै थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा रेफर गरिदियो।’

परिवारका सदस्यले लगभग १० बजे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइपुर्या ए।‘चेकजाँचका क्रममा ज्वरो १०२ डिग्री देखियो।धरानमा उपचार सुरु गरेपछि चिकित्सकले आईसीयू खाली नभएको र बिरामीलाई तत्काल आईसीयूमा राख्नु पर्ने भन्दै विराटनगरको न्युरो अस्पताल रेफर गरिदिए,’लक्ष्मीले भनिन्,‘वीपीले बनाइदिएको सिफारिस सहित बिरामी पुर्या ए पछि लगभग १२ बजेबाट न्युरोमा औषधि किन्न लगाउँदै नर्सहरुले उपचार सुरु गरेर डाक्टरलाई बोलाए।तर पछि डाक्टर आएर भेन्टिलेटर खाली नभएको र धेरै ज्वरो आएको बिरामी उपचार गर्न सकिँदैन भनेर निकालिदिए।करिब १ बजे बिरामीलाई विराट नर्सिङ होम विराटनगर पुर्यानइयो। तर ‘विराटमा सुरुमा बेडमा राखेर औषधि किन्न लगाए र उपचार पनि सुरु गरे,’ लक्ष्मीले भनिन्, ‘अरु अस्पतालको कागजपत्र हेरेपछि अरु अस्पतालले उपचार गर्न नमानेको बिरामीलाई हामी पनि उपचार गर्दैनौं भन्दै निकालिदिए। 

त्यसपछि नोबेल शिक्षण अस्पताल पुर्यानइयो।परिवारका सदस्य र आफन्तले धेरै अनुनयविनय गरेपछि नोबेलले बिरामी लिएर उपचार सुरु गर्योच।उपचारकै क्रममा दिउँसो ३:३० बजेतिर नरदेवीको मृत्यु भयो।उपचारमा संलग्न चिकित्सक ले बिरामी ल्याउन ढिला भएकाले बचाउन नसकिएको बताए।