https://www.youtube.com/embed/QHSCGiucxWs

ज्योतिकुमार श्रेष्ठको शब्दमा तिमीलाई देख्दा

Hollywood Khabar February 06,2017 Comments

पेशाले संचारकर्ममा संलग्न भएतापनि सानै उमेर देखि साहित्य एवं अभिनयमा रुची रहेका कलाकार ज्योतिकुमार श्रेष्ठले एउटा पृथक शैलीमा नेपाली म्यूज़िक भिडियोको पहिलो प्रयास गर्नु भएको छ । 

नविन श्रेष्ठको स्वर तथा संगीत  र ज्योतिकुमार श्रेष्ठको आफ्नै  शब्दमा नदिया लिवाड्० र विश्व थापा अभिनित "तिमीलाई देख्दा" बोलको उक्त गीत गीतकार श्रेष्ठले स्वयं  निर्देशन गरेका हुन्। अमेरिकाको न्यूयोर्क वरीपरी छायांकन गरिएको यस म्युजिक भिडीयोको सम्पादन र भिडियोग्राफी साजन श्रेष्ठले गर्नु भएको हो। 

म्युजिक भिडीयोमा मोडलको रुपमा अभिनय गर्नु हुने विश्व थापाको जीवनमै यो पहिलो अभिनय हो भने नदिया लिवाड्० ले यसअघि न्यूयोर्कको अफ ब्रोडवेमा मंचन गरिएको पहिलो नेपाली नाटक 'जोडियोस् भत्किएका मनहरुमा आफ्नो उत्कृष्ट अभिनय प्रस्तुत गरिसक्नु भएको छ ।