Hollywoodkhabar advertisement

कविता चरीत्रवान बन्न सकिन

लेखक प्रिती कार्की

पितृसताले  नारी माथी कोरेका ,
सारा असमानताका  रेखाहरु,
कुल्चिएर  हिड्ने साहस गर्छु म ।
छैन स्वीकार  मलाई , 
दोस्रो दर्जाको मानव हुन, 
किनकि म पनि त पुरुष सरह 
समान  अधिकार बोकेर हिड्छु ।
तिमीले कोरेको मर्यादाको  सिमाले,
मेरो चरित्र  निर्धारण गरे सम्म न हो,
म  तिम्रो नजरको  ।
मलाई मात्रै लागू हुने कानुन,  
मानिन बतिस लक्षणको कसिलाई,
पढ्दिन  नारी शिक्षा,
घुम्टोभित्र  पसेर दिन्न गर्न  राज,
कसैलाई  मेरो शरीर माथी,
किनकि  म तिमिले खेल्ने गुडिया  हैन,
छ मेरो  जिवित  स्वतन्त्र अस्तित्व,
हो ! त्यसैले ,
तिम्रो नजरको  गुणवान  हुन जानिन  ।  
म बाचेको समाजले  भन्छ,
घर भित्र  लुक्नुपर्छ, 
जीउ मात्रै  किन?  
मुहारै छोप्नु पर्छ । 
म पुरुषको निगरानीमा  बस्नु पर्छ।
नत्र म फेरि,
कुनै बलात्कारीको नजरमा पर्छु रे !
बम्बाईको कोठीमा बेचिन्छु रे  !
मेरो चरीत्र  लिलाम हुन्छ रे  !
म फेरि बदनाम  हुन्छु रे !
तर मेरो  आँखाले खुला आकाश  हेर्छ,
सिमाहिन धर्ती  देख्छ , 
डरत्रासलाई चिर्न थाल्छ, 
फेरि पनि बाच्न खोज्छु,स्वतन्त्र जीवन,
हो ! त्यसैले म मर्यादावान हुन जानिन  । 
मेरो ईज्जत् सिसा सरी रे ! 
कसैको स्पर्श मात्रले पनि,
दाग  लाग्न सक्छ रे !
काँचको महल झैं छ रे  मेरो जीवन !
कसैको सानो प्रहारमा चक्नाचुर भई,
टुक्रिन सक्छ रे त्यो महल ।
मेरो जीवन  कठपुतली सरि रे  !
सधै तिम्रो  ईसारामा नाच्नु पर्ने ,
तिमी सधै स्वतन्त्र  पन्छी अनि म ?  
निति-नियमरूपी  पिंजडाको बन्दी,
तोड्दैछु म  यो पिंजडा , 
नकार्दैछु म माथि  लाग्ने अर्थहिन लाल्छनाहरु,
हो ! त्यसैले, 
म तिम्रो  नजरको नैतिकवान  हुन  जानिन । 
मलाई यति सम्झाई देउ,  
खोलेर चेतनाका आँखाले,
तिमी पुरुष जाती म नारी जाती,
नयाँ सृष्टि-रचनामा  बराबर छ हिस्सादारी,
तर फेरि पनि,
तिमी मेरो मालिक,म कसरी भएँ तिम्रो दासी !
कदापि स्वीकार छैन यो  विभेद!
छ म भित्र पनि विवेक,  
हो त्यसैले,
म   तिम्रो  नजरको ज्ञानवान  बन्न  सकिन ।
पितृसताले  नारी माथी कोरेका ,
सारा असमानताका  रेखाहरुको घराभित्र
म तिम्रो नजरमा चरीत्रवान बन्न  सकिन  

ADVERTISEMENT-----