दिपक अभिमन्यू

कविता जिवन पानी

Hollywood Khabar October 24,2018 Comments

तन पानी मन पानी
तिम्रो हाम्रो जीवन  पानी
जीवन भरको नाता  पानी
नाता भित्रको जड  पानी

जीवनको यो रहर  पानी
आशैआशको यो लहर  पानी
जीवन जिउने कला आफ्नै
कसरी जिउने हो ठहर  पानी

खडेरीमा साह्रै महत्व  पानी
जीवनको  पञ्चतत्व  पानी
पानी बिना के छ जीवन
जीवनको नशा नशामा  पानी

जीवनको यो यात्रा पानी
जवानीको मात्रा पानी 
खुशी होस या वेदना
आँखामा बग्ने एउटै  पानी

मन  पानी तन  पानी
मुटुभित्रको आफ्नोपन  पानी
जीवनसङ्गको माया  पानी
सङ्गै हिड्ने छायाँ  पानी
तिम्रो हाम्रो जीवन पानी