Kamal Thapa, RPP Leader

राप्रपा फुटाउने-जुटाउने कमल थापा निर्वाचनपूर्व नै अध्यक्ष

Hollywood Khabar February 14,2017 Comments

राष्ट्रिय प्रजातन्त्र पार्टीएकजुट भएपछी एकता महाधिवेशन सुरु नहुँदै अध्यक्ष घोषणा गरिएकोछ। दुई राप्रपा का दुइ चिरा  एक भएपछि कार्यकारी अध्यक्ष रहनु भएका कमल थापा महाधिवेशनको दुईदिनअगाडिनै अध्यक्षमा सर्वसम्मत हुनुभएको हो।थापालाइ प्रतिस्पर्धा गर्ने प्रकाशचन्द्र लोहनीले अध्यक्षको उम्मेद्वारी फिर्ता लिने सहमति भएपछि थापालाइ अग्रिम अध्यक्षबन्ने मौका जुटेको हो।
थापालाई बधाइको थुप्रो आजैदेखि लागेपनि वैधानिक रुपमा सर्वसम्मत निर्वाचित घोषणा गर्न भने बाकि छ । तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा राप्रपालाइ आफैले फूटाएर अलग बन्नुभएका थापा त्यही चोइटिएको राप्रपा लाइ जुटाउदै एकीकृत भएको उही पुरानो पार्टीको अध्यक्ष चुनिनुभएको हो।
आउँदो ६ गते देखि सुरु हुने महाधिवेशनमा  पार्टीको नीति तथा निर्देशन समिति गठन गरि प्रकाशचन्द्र लोहनीले संयोजक लिने सहमति भएपछीअध्यक्षमा कमल थापालार्इ निर्विरोध गर्ने भन्दै जारी गरिएको  विज्ञप्तिमा अध्यक्ष कमल थापा, पशुपतिशमशेर राणा, लोकेन्द्रबहादुर चन्द र प्रकाशचन्द्र लोहनीले हस्ताक्षर गर्नुभएको छ।