-नेफिन यूके अध्यक्षमा कर्मा पहाडी शेर्पा निर्वाचित

नेफिन यूके अध्यक्षमा कर्मा पहाडी शेर्पा निर्वाचित

Hollywood Khabar June 19,2021 Comments

लण्डन, जुन १९, २०२१

नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन यूके) को चौथो अधिवेशनबाट कर्मा पहाडी शेर्पा निर्वाचित भएका छन।

जुन १९, २०२१ शनिवार अबेर सम्पन्न अधिवेशनमा ११ वटा संस्थाको अध्यक्षहरुको मतदानबाट ६ संस्थाको भोट प्राप्त गरि शेर्पा निर्वाचित भएका हुन।उनका प्रतिद्धन्दी धन रोगुलाई ४ संस्थाले भोट गरेका थिए। बेलायतमा स्थापित ११ वटा संस्थाहरु महासंघमा आबद्द छन्। शेर्पा हालै सम्पन्न नेपाल पत्रकार महासंघ बेलायतको भर्चुअल अधिबेशनबाट महासचिबमा चयन भएका थिए ।

नेपाल आदिबासी जनजाती पत्रकार महासंघ बेलायत (फ़ोनिज युके) को महासचिब समेत रही सकेका शेर्पा बेलायतबासी नेपालीमाझ मिलनसार र जुझारु व्यक्तिको रुपमा चर्चित रहेका छन्। पहिलो चरणको खुल्ला सेसन पछि शुरु भएको बन्द सेसनमा अन्ततः मतदान भएको थियो र निर्वाचन परिणाम घोषणा लगतै अध्यक्ष लगायत निर्वाचित पदाधिकारीलाई निर्वाचन मण्डलका संयोजक भक्त दुराले सफथ ग्रहण गराएका थिए। निर्वाचन मण्डलका सदस्यद्धय धर्म तामाङ र थर्क रानाले मतदानको टेक्स प्राप्त गरेका थिए।मोबाइल टेक्स्ट मार्फत मतदान गरिएको थियो।

अध्यक्ष जंगबहादुर सुनुवारको सभापतित्व सम्पन्न पहिलो चरणको कार्यक्रम महासचिव खुसि लिम्बुले संचालन गरेका थिए।उक्त कार्यक्रममा नेपाल, युके र बिभिन्न देशमा रहेका महासंघ संग सम्बद्ध संघ संस्थाहरु, एनआरएनए, नेपाल पत्रकार महासंघ बेलायतका नवनिर्वाचित अध्यक्ष बिपिन निरौला लगायतले शुभकामना ब्यक्त गरेका थिए।