-डुंगा दुर्घटना

कर्णाली नदीको गहिराइ नाप्न गएको टोली चढेको डुंगा दुर्घटना

Hollywood Khabar November 14,2019 Comments

२९ कात्तिक, काठमाडौं ।कर्णाली हाइड्रोपावरका लागि नदीको गहिराइ नाप्न गएको टोली चढेको डुंगा दुर्घटनामा परेको छ।अछामको ढकारी गाउँपालिकास्थित बेतान हाइड्रोपावरका लागि कर्णाली नदीको गहिराइ नाप्ने क्रममा डुंगा दुर्घटना भएपनि दुर्घटनामा मानवीय क्षति भएको छैन ।नदी ठाडो र पानीको बेग तीव्र भएकाले दुर्घटना भएपछि बेतान कर्णाली हाइड्रोपावर आयोजनाका लागि पानीको गहिराइ नाप्ने काम स्थगित गरिएको छ ।