-देउबाको मन्त्रीपरिषद आइतबार मात्र बिस्तार हुने, कसको भागमा कति मन्त्रालय?

देउबाको मन्त्रीपरिषद आइतबार मात्र बिस्तार हुने, कसको भागमा कति मन्त्रालय?

Hollywood Khabar July 29,2021 Comments

सत्तारुढ गठबन्नका दलबीच मन्त्रीपरिषद बिस्तारका लागि सहमति भएको छ। बिस्तार हुने परिषदलाइ लिएर जुलाई २९, २०२१ मा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको थियो।

तर सो सहमति भने जुलाई ३०, २०२१ शुक्रबार हुने भनिएतापनि मन्त्रिपरिषद भने आइतबारमात्र बिस्तार हुने भएको छ। भागबण्डा अनुसार कांग्रेसलाई ९, माओवादी केन्द्रलाई ७ र जनता समाजवादी पार्टीलाई ५ मन्त्रालयको जिम्मेवारी दिइनेछ सहमति भएको छ। दुई मन्त्रालय भने खाली राख्ने सहमति भएको छ। माधवकुमार नेपाल समूह पार्टीमा आउन सक्ने सम्भावना कायमै रहेको गठबन्धनले दुई मन्त्रालय खाली राख्ने भएको हो। जसमा जसपालाई भने उपप्रधानमन्त्रीसमेत दिइनेछ। सत्तारुढ गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले भने यसअघि नै सरकारमा नआउने बताइसकेको छ।

नेपाली कांग्रेस सभापति देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएसँगै कांग्रेस र माओवादी केन्द्रका तर्फबाट दुई-दुईजना मन्त्री राखेर मन्त्रिपरिषद गठन गरेका थिए। यस्तै प्रधानमन्त्री देउवाले गत आइतबार एक राज्यमन्त्री उमेश श्रेष्ठलाइ थप गरेका थिए।