-तस्बिर साभार वेब

कश्मीरमा हिम पहिरोमा परी ६ जनाको मृत्यु

Hollywood Khabar November 17,2019 Comments

३मंसिर,  काठमाडौं ।भारतको कश्मीरमा हिम पहिरोमा परी ६ जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।भारत र पाकिस्तानबीच निरन्तर युद्द भइरहने कास्मिरको सियाचिन  क्षेत्रमा हिम पहिरोमा परी चार भारतीय सैनिक  र दुइजना भरिया गरि ६ जनाको मृत्यु भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ।

सोमबार दिउँसो ३ बजे कास्मिर क्षेत्रको सियाचिनको उत्तरी क्षेत्रमा १९ हजार फिटको उचाइमा आठ जना गस्तीदलमा सामेल रहेका थिए।आठै जनालाई हिउँमा पुरिएको अवस्थमा उद्दार गरिएको मा सात जनाको अवस्था गम्भीर भएपछि हेलिकप्टरमा उद्दार गरी अस्पताल लगिएकामा ६ जनाको ज्यान गएको  र एक जना गम्भीर रहेको भारतीय सेनाले जनाएको छ।हिमपहिरोले भारतीय केही अस्थायी चौकीमा समेत क्षति पुगेको बीबीसीले जनाएको छ ।