https://www.youtube.com/embed/p6HiCPzEVpM

गायक नबिन पौडेलको “कस्तो आयो जमाना”तीजगित भाइरल बन्दै  

Hollywood Khabar August 21,2018 Comments

६ भाद्र,काठमाडौं।कस्तो आयो जमाना भन्दै गायक नबिन पौडेलले यसपटकको तीजमा  छमछमी नचाउने भएका छन्।युरोपमा बस्ने नेपालीलाई छमछमी नचाएर भर्खरै मात्र  नेपाल  फर्किएका निक्कै चर्चीत गायक पौडेलले तिजको कोशेली “कस्तो आयो जमाना” भाइरल बनेको छ ।समाजको वास्तविक धरातललाई गित मार्फत पस्केर सबैको मन मस्तिस्कमा राज गर्न सिपालु पौडेलको तिज गित“कस्तो आयो जमाना” ले गाउँ देखि  शहरसम्मका आमा दिदिबैनिलाई छमछमी नचाउन थालिसकेको छ।

तिज आउन करिव १ महिना छँदा मात्र सार्वजनिक पौडेलको गीतले छोटो समयमा निक्कै लोकप्रियता कमाएको छ।लोकप्रिय गायक नबिनले ‘आफ्नै मान्छे जहिले नि टा–टाढा बन्ने, बुटवल तिरै भएनी धरान छु भन्ने दुनियाँलार्इ चाहिनी, कस्तो आयो मोबाइलको जमाना पनि जेबोल्ननी पाइनी, कस्तो आयो ईन्टरनेटको जमाना पनि जे हेर्न नि पाइनी,’ ‘कस्तो आयो जमाना’ बोलको गीत समय सान्दर्भिक भएको हुँदा पनि हरेक समूह र समुदाय बीच लोकप्रिय बनेको हो ।

पछिल्लो समय इन्टरनेट प्रविधिमा भैरहेको विकासले समाजलाई पारेको राम्रो पक्ष र असरलाई तिज गित मार्फत छर्लंग यथार्थ चित्रण गरिदिएका छन्।‘कस्तो आयो जमाना’ बोलको तिज गीतमा  स्वर,संगीत र शब्द नवीन पौडेलकोरहेको छ भने नवीनलाइ र कोपिला गौतमले स्वर भरेर साथ् दिएकि छन्।‘कस्तो आयो जमाना’ तीज  गीतको म्यूजिक भिडियोको निर्देशन बिक्रम चौहानले गरेका छन् भने अभिनय   रविन्द्र पन्त र रिना थापा मगरले गरेका  छन्।

दम सुवेदीले सम्पादन  गरेको गीतलार्इ रक्षा म्यूजिकले युट्युबमा हेर्न मिल्ने गरि बजामा ल्याएको हो।प्रस्तोता समाज नेपालका कार्यसमिति सदस्य, अन्तर्राष्ट्रिय कलाकार मञ्च नेपालका उपाध्यक्ष तथा पछिल्लो समय निक्कै लोकप्रिय गायक नबिन पौडेलको यसअघि सार्वजनिक  भएको  ‘फुलेको तोरीलार्इ बैँश आकी छोरीलार्इ जोगाउनै गाह्रो’ले पनि जनजिव्रोमा राज गरेको थियो।