-सन्तोष दहाल, ललतिपुर/१०/०१/२०

कटुता आदर्शको

Hollywood Khabar October 01,2020 Comments

आँसु रित्तिदैन रोएको रोयै छु

प्याला रित्तिदैन पिएको पियै छु

म पियक्कड ज्याद्रो अक्कड

आदर्शका कुरामा ठुलै बोलक्कड

योबाहेक अर्थोकमा पुरै भुलक्कड

मलाई नसुन्ने बेईमान दुनियाँ

तैपनी यस्तै जिएको जियै छु!

 

सुन्छन उडाउँछन मेरा कुरा

सतही छन् रे हुन्नन रे पुरा

मेरो आदर्श

सुशासन खोज्छ,भ्रष्टाचार ओकल्छ

विभेदलाई घोच्छ,नवीन स्वप्न कोरल्छ

म पियक्कड,ज्याद्रो अक्कड

समानता खोज्छु, लुटलाई सराप्छु

उनीहरु भन्छन,योभित्रको नशा उफ्रियो !!

 

हो त,मभित्र त्यस्तै नै नशा छ

यद्यपि समाजमै त्यस्तै नै दशा छ

ए कहलिएकाहरु हो,भूत मन्छिनु है

समाजलाई आज कसैले फसा छ

ए हिमाल र पहाडका चुचुरा

छेक है त्यो पश्चिमे बतासलाई

संस्कार र मौलिकता अमिलो बसा छ !!!

 

आदर्शी सराब खराबै थियो

तिर्खाएको त्यै सराबै थियो

आज यसैले आफैँलाई पियो

म रुँदा आदर्श रोयो भन्छन्

हाँस्दा आदर्श नै हाँस्यो भन्छन

म पियक्कड ज्याद्रो अक्कड

यो एक्लै किन बोल्छ भन्छन्

तँलाई मात्र यसले किन पोल्छ भन्छन !!!!