-Ghanashyam Shrestha

खै,कसको गैरजिम्मेवारीयहाँ

Hollywood Khabar June 13,2020 Comments

-घनश्याम श्रेष्ठ, काठमाडौँ/बिहान १०:०० बजे/६/१४/२०

खै किन , बुझ्न चाहंदैनन् कोहि,

सोध्न खोज्दैनन् कोहि,

न चासो छ कसैलाई, किन उत्रिदैछन युवाहरु सडक सडक मा !

कैले भष्टाचारको बिषयमा त,

कहिले MCC , LOCKDOWN अनि नेपालीभूमि को बिरोध मा !!

 

खै, कसको गैरजिम्मेवारी,

किन,

फैलिन्छ यहाँ, बारम्बार यस्तो बिकृति हरु !

एकाएक मोडिदैछन एक नाश ले,

कोभिड–१९, विरुद्ध चालिएका कदमहरु !!

 

नौला नारा सहितका प्लेकार्ड हरु बोकी,

देखिदैछ, विरोधमा उर्लिरहेका, ठुलै जन सागर हरु !

दिन गुणा रात चौगुना गर्दै भरिन्दैछन सामाजिक संजाल हरु

तैपनि, किन, चुपचाप अनि मौन छ राज्य संयन्त्र हरु !!

 

किन उत्रियो त जनसागर,

रहस्य त थाहा नै होला सबैलाई, कस्तो चरम सीमामा पुगेछ भष्टाचार !

न त सम्बोधन, न त कुनै अभिव्यक्ति,

तैपनि, यस्तो संकट को बेला, जिमखाना अनि रेड कार्पेट मै कस्तो आशक्ति !!

 

भोकभोकै मर्न लागिसके जनता,

खै, कता हराई सकेछ कुन्नि, भुले सके, कस्तो हुन्छ मानवता !

समस्या देखि भाग्दै लकडाउनको अवधिमात्र थप्दा,

चरम सिमामा पुग्यो, सरकारी ज्यादतीको पराकाष्ठा !!

 

सुनिदैछ, क्वारेन्टाइनमा मान्छे मर्दैछ रे,

यस्तो बीच सरकार, विलासिताका सामान जोड्दै छ रे !

जनता लकडाउनमा अल्झिरहँदा,

कर छुट, भन्नु त परै जावोस,

उल्टै, करको निम्ति, मानवता बिर्सेर करकर गर्दैछन रे !!

 

लकडाउन चल्या छ, कोरोनाको कहर बढ्या छ,

भन्न पनि लाज लाग्छ, के चल्दै छ, यहाँ आफ्नो दैनिक यस्तै ढल्दै छ !

आफ्नै छिमेकीको घर पनि धेरै टाढो भा हिजो आज,

के गर्नु, कोरोनालाई झुक्याउन, घर भित्रा, भित्रै बस्नु बाध्यता बन्या छ !!

 

कति हेरौ टिभी, कति खेलाऊ मोबाइल,

जति हेर्यो, त्यति डर लाग्ने, कोरोनाको बाहेक कुरै चलेको छैन !

लाग्छ के होला अब, कोरोनाको कहर, सकिएपछि,

यो, हल्लै हल्लाको देश हो साथी, यहाँ, भष्टाचार को आन्दोलन सकिएकै छैन !!

 

कोहि भन्छन, धेरै भयो, 'संसद भवनमा हिही र हाहा,

वाह रे सरकार !, ७० दिन मै, कसोरी गर्यौ, १० अर्ब स्वाहा',

सहनु को सिमा नाघ्यो, टुट्यो धैर्य को बाँध पनि,

बढ्यो अनियमितता र भष्टाचार देशमा, लाग्छ देशव्यापी आन्दोलन, शुरु भयो अनि !!