-Ghanashyam Shrestha

खै, कसोरी सम्हालु आफुलाई

Hollywood Khabar May 15,2020 Comments

घनश्याम श्रेष्ठ/काठमाडौँ/५/१६/२०/बिहान १०:०० बजे

खै, थाहा छैन

परिवर्तन, कहाँ नेर, को भयो भनेर !

सायद,

म आँफै, परिबर्तित भएको त हैन कतै,

रत्तिभर लाग्दैन विश्वाश,

आफ्नै मन को, तिमि, परिबर्तित, भयौ भनेर !!

 

तर पनि,

समय सङ्गै बद्लिएका,

तिमि, र तिम्रा ब्यबहार हरु देख्दा लाग्छ,

खै कता कता,

भुईन्चालो गएर मन मुटु आँफै भासिन्छ !

खै, किन थाहा छैन,

कसोरी सम्हालु आफुलाई,

जता जता टेक्यो, उतै उतै एकाएक, धजा फाटिन्छ !!

 

सोच्दा सोच्दै,

धिकार्दै छु आँफैलाई र भन्दै छु,

के, भेटिस त, तैले चाहेका खुशी हरु !

एक्कासी,

आन्धी हुरी चल्छ मन मा,

कहाँ कता बाट, उडाई थुप्राई दिन्छ,

आफ्नै सामु, बेदना का, अनगिन्ती पहाड हरु !!

 

सायद,

म भ्रम मा छु कि, तिमि छौ यथार्थ मा !

केलाउन सक्दिन म, तिमि र तिम्रो मनलाई !!

 

हुन त,

देखावती र बनावति संसार मा !

खै, के नै सत्य छ र यहाँ

न तिमि, न म,

आफ्नै मन लाई, खोतल्न नसके को बेला मा !!

 

खै कसोरी,

तिम्रो मन लाई केलाउ म,

छरपष्ठ पोखिएका, माया का सौगात हरु !

छरिएका मुटु भरि,

टिप्न खोज्दा खोज्दै,

आँशु को बर्षात ले लपक्कै भिजाई दिन्छन,

अनि बगाई लान्छन कता कता !!

 

सम्झन्छु,

आफ्नो त, भाग्य नै रहेनछ, खुशी हरु सँगाल्ने !

आफ्नै मन को माया लाई,

आफ्नै मुटु भरि सजाउँदै, छाती मा अँगाल्ने !!

 

नौलो आशा त,

समय ले जगाई दिन्छ नि

तर,

त्यहि समय लाई, डाह गर्छन कि, के हो,

थाहा छैन, दैब ले पनि,

ति सबै, नौला आशा अनि उमंग लाई,

एकाएक भाताभुंग र लथालिङ्ग पारि दिन्छ !

 

अनि,

उहिँ बेदना ले, मन मुटु, छिया छिया पार्दै,

पिडा अनि दु:ख का, अनगिन्ती पहाड मा बजारी दिन्छ

र,

खुशी को साटो जिन्दगि मा, आँशु को सागर थमाई दिन्छ !!