तस्बिर साभार वेब

खरिद मूल्यभन्दा दोब्बरमा तेल बिक्री: आयल निगमलाई फाईदै फाईदा

Hollywood Khabar August 22,2019 Comments

६ भाद्र काठमाण्डौं।आयल निगमले खरिद मूल्यको तुलनामा दोब्बर मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गर्दै आएको छ।निगमले हाल प्रतिलिटर पेट्रोल ५४ दशमलव ०२ रुपैयाँमा किनेर उपभोक्तालाई १०९ रुपैयाँमा बिक्री गरिरहेको छ।डिजेल र मट्टीतेल क्रमशः६०.६३ र ६०.८० रुपैयाँ प्रतिलिटरमा किनेर समान ९७ रुपैयाँमा बिक्री गरिरहेको छ।खाना पकाउने एलपी ७५९.९४ रुपैयाँ प्रतिसिलिन्डरमा खरिद गरी १३७५ रुपैयाँमा बिक्री गरिरहेको छ।हवाई इन्धन ५९.३६ रुपैयाँमा किनेर दुई थरी मूल्य निर्धारण गरेको छ ।आन्तरिक विमान कम्पनीलाई ९४.५० रुपैयाँ प्रतिलिर र अन्तर्राष्ट्रिय विमानलाई १०५० डलर (प्रति किलो लिटर) मा बिक्री गरिरहेको छ।

खरिद मूल्यमा ढुवानी, भण्डारण र प्रशासनिक खर्च जोडर बिक्री मूल्य कायम गर्नुपर्ने हो।तर, निगमले कहिइन्धन आपूर्तिमा एकाधिकारको फाइदा उठाउँदै नेपाल आयल निगमले उपभोक्ताबाट खरिद मूल्यभन्दा दोब्बरमा तेल बेची दैनिक ४ करोड रुपैयाँ नाफा गरिरहेको छ।यही अनुपातमा नाफा गरे निगमको नाफा वार्षिक १५ अर्ब रुपैयाँ पुग्नेछ।भदौ १ देखि १५ गतेसम्म आयल निगमले ६० करोड रुपैयाँ नाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ।भारतीय आयल कर्पोरेसन (आइओसी) ले ३१ साउनमा पठाएको नयाँ मूल्य सूचीअनुसार आधा महिनामा ६० करोड नाफा हुने प्रक्षेपण गरिएको हो।आइओसीले इन्धनको मूल्य घटाएर पठाए पनि निगमले घटाउने लक्षण देखाएको छैन । ‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढिरहेकाले मूल्य समायोजन नगर्ने,’ निगमले जनाएको छ।

चार वर्षअघिसम्म ३५ अर्ब सञ्चित नोक्सान रहेको निगमले उक्त घाटा पूर्ति गरी करिब ३० अर्ब रुपैयाँ सञ्चित नाफा कमाइसकेको छ।त्यसबीचमा ३७ अर्ब रुपैयाँ ऋणसमेत तिरीकन पनिआर्थिक वर्ष ०७५/७६ मा मात्रै १० अर्ब रुपैयाँ नाफा कमाएको थियो।ल्यै लागत मूल्य सार्वजनिक गरेको छैन ।निगमले चुहावट,अनियमितता र फजुल खर्च घटाएर पेट्रोलियम पदार्थको मूल्यमा उपभोक्तालाई राहत दिन विभिन्न कार्यदलले सुझाब दिए पनि निगमले अटेर गर्दै आएको छ ।