-सांकेतिक तस्विर

खोटाङमा सबै यातायात सेवा अवरुद्ध 

Hollywood Khabar September 17,2019 Comments

२ असोज, खोटाङ।बाढी र पहिरोका कारण खोटाङमा सञ्चालित सबै यातायात सेवा अवरुद्ध भएका छन्।विभिन्न ठाउँमा आएको बाढी र पहिरोका कारण मङ्गलबार रातिदेखि काठमाडौँ तथा तराई जोड्ने सडक यातायात सेवा अवरुद्ध भएका हुन्।हप्ता दिनदेखि लगातार परेको वर्षापछि आएको बाढी र पहिरोका कारण दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका अधिकांश ग्रामीण सकडसमेत अवरुद्ध बनेको छ ।

मध्यपहाडी लोकमार्गको अर्खौले–हलेसी, हलेसी–जयराम, घुर्मी–खुर्कोट तथा सगरमाथा राजमार्गको विभिन्न ठाउँमा पहिरो झरेका कारण सडक अवरुद्ध भएपछि  काठमाडौंबाट छुटेको सबै सवारी साधन सिन्धुलीको खाङ्साङबेसीमा रोकिएको छन्।दिक्तेल–चखेवा, दिक्तेल–पाथेका, दिक्तेल–खार्मी, दिक्तेल मात्तिम, दिक्तेल–पञ्चमीलगायत शाखा सडक पूर्णरूपमा अवरुद्ध छ।

तेस्तै जन्तेढुङ्गा गाउँपालिकाबाट सिन्ताङ, फाक्टाङ–धाप्लाङघाट तथा खोटाङबजार–रसुवाघाट सडक चार महीनादेखि ठप्प छ भने दिक्तेल–बाक्सिला तथा दिक्तेल–ऐँसेलुखर्क सडक हौँचुरमा ठूलो पहिरो झरेपछि अवरुद्ध भएको छ ।पूर्वी पहाडी जिल्ला खोटाङमा तीनवटा  विमानस्थल भएपनि अहिले तीनवटै विमानस्थल अवरुद्ध छन् ।