-खुलेर आचार्य टिमलाइ सपोर्ट नगर्नेहरु प्यानलमा नपर्ने, टिमको लिष्ट सहित, Dil Gurung

खुलेर आचार्य टिमलाइ सपोर्ट नगर्नेहरु प्यानलमा नपर्ने, टिमको लिष्ट सहित

Hollywood Khabar September 11,2021 Comments

कृष्ण के सी, अमेरिका, सेप्टेम्बर ११, २०२१

गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन आगामी अक्टुवर २३, २४ र २५, २०२१ मा हुने भएको छ। त्यसपूर्व अक्टुवर १०, २०२१ मा अनलाइन भोटिङ्ग गर्ने योजना थियो तर फाइनल भएको छैन।

यसैबीच अध्यक्षका प्रत्यासी रहेका कुल आचार्यको सपोर्टको लागि सहकार्य गरेन उम्मेदवारहरुको टिम, गैरआवासीय नेपाली संघका अग्रज र अनुभवीहरुको टिम, जनसम्पर्क समिति संबद्ध व्यक्तिहरुको टिम, संचारकर्मी र पत्रकारहरुको टिम र राजनैतिक संयोजन संयन्त्रको टिम पनि दैनिक रुपमा खटेको छ।

जनसम्पर्क समितिहरुको टिमलाई संयोजन गर्दै आएका जर्मनीका दिल गुरुङले टिम कुलको बारेमा खुलेर नआउने कोहि पनि प्यानलमा नपर्ने कुरा स्पष्ट रुपमा भनेका छन्। उनले भने, यो पटक दुइतिर खुट्टा हाल्ने, खुलेर नआउने, बैठक हामीतिर र भोट उतातिर गर्ने, मुखले ठिक्क पार्ने नतिजा उल्टा गर्ने कोहि पनि पर्दैनन्।

जो कोहि पनि प्यानलमा बस्न चाहनेले पहिला कुल आचार्य र टिमका सबैलाई खुलेर सपोर्ट गर्नुपर्यो, प्रतिनिधि चयनमा भएको घोटालाको बारेमा बोल्नुपर्यो अन्यथा प्यानलमा राखिंदैन। यति मात्र होइन नेपाली कांग्रेससँग संबद्ध कसैले अन्यथा गर्यो भने उनीहरु र संबद्धहरुलाइ पार्टीको आगामी १४ औं महाधिवेशनमा नंग्याउने समेत बताए। सोहि विषमा डा यादब पण्डितले टिम फाइनल गर्न आकांक्षीहरुसँग कुरा हुँदै गरेको केहि दिनमा नै एउटा मापदण्ड बनाएर फाइनल गरिने कुरा बताए। जनसम्पर्कसँग संबन्धित सो संयन्त्रमा दिल गुरुङ, आनन्द बिष्ट, कृष्णराज गिरी, डा यादब पण्डित, नरेन्द्र भाट, हिक्मत थापा, युवराज गुरुङ लगायत १७ जना रहेका छन्। टिमको फाइनल भने कुल आचार्य र डा केशव पौडेल दुइ जनाले अन्तिम रुपम दिने बताइञ्च।

हाल सम्म टिम कुलमा रहेका आकांक्षीहरु तर फाइनल हुन बाँकी

  1. अध्यक्ष कुल आचार्य
  2. उपाध्यक्ष मन के सी
  3. उपाध्यक्ष गणेश के सी

  4. उपाध्यक्ष महेश श्रेष्ठ
  5. उपाध्यक्ष एसी शेर्पा
  6. उपाध्यक्ष हिक्मत थापा
  7. उपाध्यक्ष त्रिलोक गुरुङ
  8. उपाध्यक्ष राजेन्द्र कुमार शर्मा
  9. उपाध्यक्ष जानकी गुरुङ (महिला तर्फ)
  10. उपाध्यक्ष हिमाल गुरुङ (यवा तर्फ)
  11. उपाध्यक्ष राज रेग्मी (यवा तर्फ)
  12. महासचिव डा केशव पौडेल
  13. सचिव भुमा लिम्बु (महिला तर्फ)
  14. सचिव नारायण आचार्य
  15. सचिव प्रविण गुरुङ
  16. महिला संयोजक जुनु गुरुङ
  17. युवा संयोजक मनोज कुमार श्रेष्ठ (गोर्खाली)
  18. युवा संयोजक विमला सापकोटा
  19. कोषाध्यक्ष सोम सापकोटा
  20. कोषाध्यक्ष लोक दाहाल
  21. सहकोषाध्यक्ष अभिमन्यू बस्नेत
  22. सहकोषाध्यक्ष नविन शेरचन
  23. सहकोषाध्यक्ष जानकी पौडेल (महिला तर्फ)

रविना थापालाइ यो पटक उपाध्यक्षमा दोहोर्याउन नेपाली कांग्रेस पार्टीका नेता, संघका अग्रज र अन्य व्यक्तिले प्रस्ताव र छलफल गरेको तर कुरा फाइनल नभएको बताइएको छ।

सो बारे अध्यक्षका प्रत्यासी कुल आचार्यले भने, ढुक्क हुनुहोस रविनाजी पनि हामीसंगै सहकार्य गर्न आउनुहुन्छ।

सोहि बारेमा प्रश्न गर्दा रविना थापाले कुराकानी र छलफल भएको छ। तर यो पटक आफू सिटिङ्ग भाइसप्रेसिडेण्ट भएकाले आफूलाइ अध्यक्षकै रुपमा कुलजीले पनि सपोर्ट गर्नुपर्ने र आफू अध्यक्षकै प्रत्यासी रहेको जानकारी दिइन।

कुल आचार्यसँग संबन्धित थप चमाचार

एनआरएनए, ५ लाख सदस्य, १०० एनसीसी पुर्याउने आचार्यको घोषणा, नागरिकताको कार्यान्वयन सर्वोच्च

गैरआवासीय नेपाली संघ अध्यक्षका प्रत्यासी कुल आचार्यलाइ डेढ दर्जन प्रश्न गर्दा