-Ghanashyam Shrestha

खुशी छैन मन

Hollywood Khabar June 27,2020 Comments

घनश्याम श्रेष्ठ, काठमाण्डौ/६/२८/२०
 

किन किन, हिजो आज, खुशी छैन मन,
जति खोज्छु, खुशी हुन, उति दुख्छु, आफैमा झन् !
मन डुल्छ, यताउति, खोज्दै सँधै, हाँसो अनि खुशी,
दुखै दुख, मात्र भेट्छु जताततै, झन् हुन्छ मन दुखि !!

ठेट कुरो, के हो कुन्नि, आफैलाई थाहा छैन,
हाँसु भन्छु, खुशी हुँदै, मन मेरो मान्या हैन !
मलाई मात्र, यस्तो हो कि, सबलाई यस्तै हुन्छ,
हरेक पल पलमा, मलाई मात्र किन, दुखै दुखले छुन्छ !!

कुरा खेल्छ के के, मनै भरि, टुंगो केहि छैन,
जति बाँधी, राखूँ भन्छु मन, उति फुत्कि भाग्छ झन् !
मन मेरो, सार्है चंचल भो, वशमा बस्या हैन,
फर्की फर्की, मात्र जान्छ काल, मलाई हेरी, सँगै लाने हैन !!

किन किन, आज त्यसै, एकान्तमा, रोऊ रोऊ लाग्छ,
सम्झिएर आफैलाई कतै भुमरीमा, हराई दिऊ झैँ लाग्छ !
दनदनी, आफै बलि, कस्तो हुन्छ बल्दा, हेरुँ हेरुँ लाग्छ,
आगो बलि, खरानी भई भुइँमा, आकाशमा, बिलाऊ बिलाऊ लाग्छ !!

किन किन, हिजो आज, खुशी छैन मन,
जति खोज्छु, खुशी हुन, उति दुख्छु, आफैमा झन् !
मन डुल्छ, यताउति, खोज्दै सँधै, हाँसो अनि खुशी,
दुखै दुख, मात्र भेट्छु जताततै, झन् हुन्छ मन दुखि !!