Hollywoodkhabar advertisement

किन हुन्छ ?

-Shanta Sapkota Khanal
0
shares

-शान्ता सापकोटा खनाल, आरुघाट, गोरखा/९/६/२०

सधैं प्रहार हुन्छ यहाॅं, जित हार हुन्छ
दुर्जनलाई अमृत दियो सधैं खराब हुन्छ ।

आसमानमा उडेको चंगा खै ! फिर्ला नफिर्ला ?
थाहा छ बतास सधैं साक्षात्कार हुन्छ ।

रुष्ट छ दुनियाॅं अचेल मबाट
उदेक लाग्छ किन तिरस्कार हुन्छ ?

डराएर काॅंपेको मन अंधेरीमा जून खोजें
तर बदलामा बादल फिराद हुन्छ !

फुस्किएका सपनाहरू जोड्न खोज्छु
अव्यक्त चाहना निष्फल हुन्छ !!