-ललतिपुरको कोञ्ज्योसोम गाउँपालिकाले ३८ करोडको बजेट पारित गरेको छ।

ललतिपुरको कोञ्ज्योसोम गाउँपालिकाले ३८ करोडको बजेट पारित गरेको छ।

Hollywood Khabar June 23,2020 Comments

सन्तोष दाहाल,ललितपुर/६/२४/२०

कोञ्ज्योसोम गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७।०७८ का लागि ३८ करोड ९५ लाख ४३ हजार बराबरको वार्षिक बजेट सार्वजनिक गरेको छ।

बुधबार गाउँपालिकामा आयोजित गाउँसभामा पालिका उपाध्यक्ष मिङ्मा लामाले उक्त बजेट सार्वजनिक गरेकी हुन्। प्रतिनिधिसभा सदस्य नवराज सिलवालको प्रमुख आतिथ्यता र प्रदेश सांसद चेतनाथ संजेलाको विशेष आतिथ्यतामा गाउँसभा सम्पन्न भएको हो।