-Korina Shakti

काेराेनाको शक्ति

Hollywood Khabar April 12,2020 Comments

इन्दीरा त्रीपाठी/४/१३/२०

कोरोना कालमा काेरिएकाे कविता

यो मन संधै स्थिर ठाउमा तुलबुल भएको छ

कोरोना भाइरसले रुप र आकार फेरेको छ

यसको खोजि र अन्त्य गर्ने मानब जातिमा छ

यो कुनै जीवबाट निस्किएको ठुलो शक्तिमा छ

यसले त ऋषी महाऋषीहरुलाई मात्र बचाउछ

सन्त याेगी जस्तै बन्न संसारलाई सिकाएको छ

बडो अचम्मको शक्तिशालि कण भित्रिएको छ

सबैलाई संधै नमस्कार गर्न सिकाएको छ

खोज्न कुनै ठाउ जानु पर्दैन हे प्राणी यसलाई

यो ज्योतिष र विज्ञानहरुमानै लुकेको छ

प्रकाशको गतिमा हिडेपनि तापक्रमले हराउछ

घरभित्र बसे बचाउछ बाहिर हिडे सिध्याउछ

यो हतियार बनाउने दुनिया देखाउने छ कुन देश

पृथबिका सम्पूर्ण बृद्ध वृद्धा सित्ताउने छ खेल

यो अमुर्त र अदृश्य कण निकाल्ने छ चलखेल

राजनैतिक या बैज्ञानिक शक्ति सबैमा छ मेल

कस्तो कोरोना मानब जीवन नष्ठ पार्ने आयौ

यो ब्रम्हाण्डलाई माक्स र गोल्बहरुले बचायौ

भौतिक संसारलाई अब आध्यात्मिक बनाइदेउ

यो नयाँ बर्ष २०७७ लाई कोरोना मुक्त पारिदेउ