-Sarala kadel

कोरोनाको नाममा खै यहाँ के के भयो विपत्ति ल्यायो धेरै सिकायो

Hollywood Khabar May 09,2020 Comments

-सरला कडेल/५/१०/२०

कोरोनाको नाममा खै यहाँ के के भयो भयो

संसारमा नै विपत्ति ल्यायो तर धेरै कुरा सिकायो

सर्व श्रेष्ठ हामी मानव जातीलाई चुनौती दियो

विचलित बनायो, रुवायो, थुनेर राख्यो तर धेरै सिकायो !

 

मेडिकल नै नबढी धेरैलाई डाक्टर बनायो छ

कसैलाई गीतकार बनायो त कसैलाई कबि बनायो

जे जस्तो भए पनि यो आयो धेरै रुवायो थोरै सिकायो

हाम्रो अभिष्टको औकात अनुसारको पात्र बनायो !

 

युट्यूबरको त कुरै छाडौं जुम र लाइभले झनै महामारी ल्यायो

अब स्मार्ट फोन र सोसल मिडिया होइन डायल फोन संझायो

कोहि फेसबुके पत्रकार बनेका त कोहि जुम लाइभका बुके

टेलिभिज हेर्यो हेडलाइनको त्रसित न्यूज़ले वाक्क बनायो!

 

मर्र्दाको मलामी जिउँदाको जन्ती कमाउनु पर्छ भंन्ने कुरा

आजकल कोरोनाले गर्दा झुठो बनाएको छ

कतै सर्लाकी भनेर ६ फिटमा बसेर नाका बन्दि गर्नु परेको छ

घरमा बसी बसी तारे होटेलको सेफ बनाएको छ !

 

संसारले नै बर्खी बारेको बेला नौटंकी गर्नेहरु पनि छन्

तर पनि बाँच्नुपर्छ पिडा लुकाएर पनि यहाँ स्वास फेर्नु परेको छ

लाज पचाएर नै किन नहोस बहाना गर्नुपरेको छ

खै साँच्चै पत्रकारहरू चाहिँ बेकार बनेका बन्नु परेको छ !

फेरी पनि कोरोनाले धेरै सिकाएको छ !!!!!