-गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र पोख्रेलले ३१ मत सहितको दावी गरे

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र पोख्रेलले ३१ मत सहितको दावी गरे

Hollywood Khabar June 10,2021 Comments

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष तथा काम चलाउ नेपाल सरकारका प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओलीको बुद्धि सुल्टो दिशामा गएको भए उनि अझै एकाध वर्षा २ तिहाइको बलमा हुन्थे होलान। तर उनैको घमण्ड र भारततिर परेको लम्पसारबादको कारण एमाले पार्टी मात्र होइन नेपाल देश नै बर्बादीमा पुगेको छ। आफैं सरकार प्रमुख आफैं नेपाली नागरिकता आधिकारिक रुपमा बेच्न लागि परे। यसैको कारण उनको पार्टीले एकपछि अर्को दुर्गती भोग्दै छ।

यहि कारण गत हप्ता गण्डकी प्रदेशका मुख्यमन्त्री खुस्केका पृथ्वीसुब्बा गुरुङलाइ रिप्लेस गर्न नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष मुख्यमन्त्री पाउन दावी गरेका छन्।

जुन ११, २०२१ मा उनले नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित प्रदेश प्रमुख कार्यालय पुगेर दावी पेश गरेको बताए। ३१ सांसदको समर्थन आफूलाई रहेको हस्ताक्षर समेत उनले बुझाएका छन्। यो पटक ओलीटिक्स लाग्ला भनेर ३१ जना नै उपस्थित भएर दावी बुझाएका छन्।