कथा- कृष्णप्यारीको काठमाण्डौं यात्रा

Hollywood Khabar April 17,2017 Comments

दिपक अभिमन्यू-धुवाँ धुलो भन्दा पर दुइ नदीको सङ्गम नजिक चराहरुको मधुर ध्वनिको संगीत सुन्दै स्वच्छ वातावरणमा हुर्के बढेकि कृष्णप्यारीलाइ काठमाण्डौ आउने अवसर जुटेछ।पछिल्लो समय धेरै भएको थियो कृष्णप्यारी काठमाण्डौ नागाको।धेरै पहिले आमाको सारीको फेरो समातेर पशुपतिनाथ,स्वयम्भु,शालीनदी जस्ता धार्मिक स्थल गएकी कृष्णप्यारीलाइ ठुलो भएपछिको काठमाण्डौ हेर्ने धोको जागृत भएको थियो।

कृष्णप्यारीले एका बिहानै मेरो मोबाइलको घन्टी बजाउदै भनि “सपनाको शहर काठमाण्डौ आउदै छु लिन आउनु है फेरी हराएँ भने के गर्ने” मैले सानैमा देखेकी चंचल कृष्ण प्यारीकोअनुरोध नकार्न सकिन र हानिए कलंकि तिर।जब कलङ्कीमा बसबाट ओर्लिएर काठमाण्डौंको भूमिमा उसले पाईला टेकी उस्ले बाटोमा खान रोकेको ठाउमा खाने कुराको मूल्य डब्बल लिदा रहेछन् भन्न भ्याइहालि मैले उसका क्रियाकलाप नियाल्दै गए  कृष्णप्यारीका सपनाहरु क्रमश टुट्दै गए….
घटना नं १
कलङ्कीबाट लाजिम्पाट जान बसमा चढेकी मात्र थिइ कृष्णप्यारी जिल्ल परि कारण थियो बसमा महिला लेखिएको सिटमा यत्रा तिघ्रा भएका यूवक बसीरहेका थिए।कृष्णप्यारीले ती यूवकलाई भाइ त्यो सिट त महिलाका लागि होईन र भनेकी मात्र के थिईन ती यूवकले महिला र पुरुष बराबर भएपछि बसको सिटमा नि के को महिला र पुरुष।यो सुनेर कृष्णप्यारीले काठमाण्डौंका मान्छे ठुलो शहरका मान्छे सभ्य हुन्छन् भनेर सोचेकी उ ती यूवकका कुराले छाँगाबाट खसेको चितुवा जस्ती भइ।काठमाण्डौंका मान्छे प्रति रहेको उसको सोचाई बुझाई आस्था र सम्मान एकै चोटी पानीमा मिल्यो । बसमा ठेलमठेल र पुरुषहरुले महिला प्रति गरेको दुर्व्यवहार सहदै बल्ल तल्ल लाजिम्पाट पुगी ।
घटना नं २
कृष्णप्यारीलाई त्यहा एउटा ठुलै होटलमा भएको एउटा कार्यक्रममा सहभागी हुनु थियो।बसबाट ओर्लेर कार्यक्रम स्थलसम्म पुग्न हुन त हिडेर पाँच मिनेटको बाटो नि थिएन ।तर धुलो यति थियो कि उ कुनै एम्बुस पार गरेर जाँदैछे।उ सोच्न थाली कृष्णप्यारी लाई एकछिन झेल्न यति गाह्रो छ यो काठमाण्डौं यहाँका मान्छेले कसरी झेलीरहेका होलान।उ सोच्दा सोच्दै झसङ्ग भई । धुलोको कुहिरो यति बाक्लो थियो कि उसको अगाडि को जाँदैछ भन्ने उ ठम्याउन सक्दिनथि।

कृष्णप्यारी एकछिन आफ्नो मिठो जिन्दगीमा फर्कि उसको आफ्नो मान्छे पनि यहि काठमाण्डौंको वासिन्दा थियो।उसलाई असह्य भएर आयो मेरो दिलको राजा यो धुलो धुवाँमा कसरी जिइरहेको होला यो सम्झेर उ निसास्सीइ।उसलाइ आफ्नो प्रियतम काठमाणंडौं वासी भन्दा पहिले जति गर्व गर्थी तर आज पनि उसलाई हिनताबोध भए झैं महसुस भयो।कहाँ जीवनको यो अवस्थासम्म स्वच्छ हावापानी र स्वच्छ खानेकुरा खाएर हुर्केकी कृष्णप्यारीकहा धुलो धुवाँ कोलाहलमा बाँचेको उसको राजा कुनै तुलनै हुन्नथ्यो।त्यसैले त उ कृष्णप्यारी भएकी थिइ तर उसको राजा कृष्णप्यारा हुन सक्दैनथ्यो मात्र दिलको राजा मात्र भएकोथ्यो।उ मनमा यस्तै यस्तै सोच्दै कार्यक्रम स्थलमा पुगी ।
घटना नं ३
कार्यक्रम सकेर जब उ वास बस्न होटल जाँदै थिई । साँझ साँझ परेको थियो झिलीमिली बत्तीको उज्यालोमा लैनचौर हुदै ठमेल जाँदै गर्दा धेरैका आँखाले उसलाई निमन्त्रणा गरे धेरैका सुसेली सुनी उसले धेरैका जिब्रो पड्काई सुनी अनि केहिले त बाटै छेकेर होटेल जाने हो भनेर अन्यथा सोचेर सोध्न पनि भ्याए।

यो देखेर कृष्णप्यारीलाई काठमाणडौंसङ्ग अनि काठमाण्डौंका मान्छे प्रति रहेको उसको सोचाई बुझाई आस्था र सम्मान बालुवाको घर भत्के झैं भत्कियो । उसलाइ काठमाण्डौंका ठुला ठुला घरहरुमा बस्ने मान्छेको दिल पनि ठुलो हुन्छ भन्ने उसको सोचाई बुझाई रगलत निस्किएको ठहर गरि उसले।उसको सपनाको शहर काठमाण्डौं र त्यहाँ बस्ने मान्छे प्रति जुन आस्था बिश्वाश र भरोसा पालेकी थिई त्यसमा आजको साँझको काठमाण्डै यात्राले सुनामी ल्याएको थियो ।

कृष्णप्यारी काठमाण्डौं र काठमाण्डौंका मान्छेका बारेमा सोच्दै अनि उसको दिलको राजाका बारेमा अनेकन कुरा मनमा खेलाउँदै उ होटल त पुगी तर उसलाई कतिखेर उज्यालो होला र काठमाण्डौंबाट उम्किउँला जस्तो भएछ । कृष्णप्यारीका आँखामा निन्द्राको क्लेश थिएन।उ निदाउन सकिन । मनमा हजारौं कुराको द्वन्दले उ आँखा झिमिक्क नगरि रात काटेको कुरा पनि मलाई मोबाइल मार्फत सुनाउन भ्याई ।
घटना नं ४
मिर्मिरे उज्यालोसङ्गै बिहानै उसले एउट प्रण गरि आज उप्रान्त काठमाण्डौं कृष्णप्यारीका लागि सपनाको शहर रहेन।हुन त उसको जीवनमा सबैभन्दा मन परेको मान्छे यहिं थियो । उसले सोची काठमाण्डौंका आम मान्छे भन्दा फरक हो उसको दिलको राजा।अनि उसले काठमाण्डौंका सबै मान्छेलाई एकातिर राखेर हेरि अनि अर्कोतिर उसको दिलको राजालाई राखेर जोखी कृष्णप्यारीले।धेरैबेर तौलिरहि अन्तमा उसकै छनौट गह्रुङ्गो भएको निर्णयमा पुगी र मन प्रफुल्ल बनाएर काठमाण्डौंसङ्ग बिदा भई।

काठमाण्डौं सपनाको शहर रहेन कृष्णप्यारीका लागि अब ।कृष्णप्यारीको काठमाण्डौं यात्राले उसलाई मानवताको पाठ सिकायो।नैतिकताको पाठ सिकायो।मान्छेका प्रवृती सिकायो बुझायो।शहरको रहर मेटायो।नचाहँदा नचाहँदै उसले आफ्नो कृष्णप्यारालाइ फोन गरि र मलिन स्वरमा भनि आराम कुशलनै हुनुहुन्छ राजा?यस्तो ठाउमा कसरि आफुलाई चुस्त र दुरुस्त राखी रहनुभएको छ?मलाई चौबिस घण्टा बिताउन त गाह्रो भयो हजुर कसरि बसिरहनु भएको छ? मा त अतालिए।मलाइ हजुरको साथ् भए पुग्छ तर काठमान्डौ मेरो सपना बाट बाहिरिसक्यो।

मा गाउँ फर्कन लाग्या भेट्न पाइन,मन सारै गरुङ्गो भएको छ। आशा छ हजुर संग छिट्टै भेट होला।मा हजुरको प्रतीक्षामा रहने छु भन्दै फोन राखी र भक्कानिएर गहभरि मोतिका दाना टिलपिलाउदै  कृष्णप्यारी बस चढी।