-गण्डकी प्रदेश मुख्यमन्त्रीमा काँग्रेसको संसदीय दल नेता कृष्णचन्द्र पोखरेल नियुक्त

गण्डकी प्रदेश मुख्यमन्त्रीमा काँग्रेसको संसदीय दल नेता कृष्णचन्द्र पोखरेल नियुक्त

Hollywood Khabar June 11,2021 Comments

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्।

मुख्यमन्त्री पोख्रेल गण्डकी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका छन्। उनले आफूलाई मुख्यमन्त्री नियुक्ति गरियोस भन्दै गण्डकी प्रदेशका ३१ सांसदसहित प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए।

पोखरेलले जुन ११, २०२१ शुक्रबार मुख्यमन्त्री दाबी गर्दै आफूलाई प्रदेश सभाका बहुमत ३१ सांसदको समर्थन रहेको पत्र प्रमुखकहाँ दर्ता गराएका थिए। उनि बिरुद्द अर्को दावी नपरेकाले उनलाई मुख्यमन्त्री नियुक्त गरिएको हो।