तस्बिर साभार वेब

क्षमताभन्दा तेब्बर कैदीबन्दी :क्षमता २५ जना भएको गुल्मी कारागारमा ८३ जना कैदी

Hollywood Khabar October 13,2019 Comments

२८ असोज गुल्मी।गुल्मी कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी रहेका छन् ।पाँच महिला र २० पुरुष गरी २५ को क्षमता रहेकामा अहिले ८३ जना कारागारमा छन् । सोमबार सम्म कारागारमा पुरुष कैदी ५० र बन्दी २८, महिला कैदी तीन र बन्दी एकजना छन् ।कारागारका सूचना अधिकारी प्रभात मल्लिकका अनुसार एकजना आश्रित बालिकासमेत रहेकी छिन् ।कारागारको क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी भएपछि व्यवस्थापनमा निकै चुनौती थपिएको छ ।

कारागारका ८३ जनामध्ये सबैभन्दा धेरै बलात्कार मुद्दाका २४ कैदी र १७ बन्दी पुरुष कारागारमा छन् । त्यसपछि कर्तव्य ज्यान मुद्दाका १५ कैदी, एक बन्दी र तीन महिला कैदी रहेको सूचना अधिकारी मल्लिकले जानकारी दिए । बिहान आधा/एक घन्टा लगाएर शौचालय र रातमा एक प्रहर सुतेर उठ्नुपर्ने बाध्यता छ । ‘गल्लीमा समेत सुत्छाैं, शौचालय र पानीको उस्तै समस्या छ,’ इस्मा गाउँपालिका ५ का धनबहादुर चुँदाराले भने, ‘कारागार र खोर उस्तै भए, भेडाबाख्राजस्तै बसेका छौँ ।’