-क्षेत्री समाज स्पेनको तदर्थ समिती गठन, अध्यक्षमा सोनु रावत

क्षेत्री समाज स्पेनको तदर्थ समिती गठन, अध्यक्षमा सोनु रावत

Hollywood Khabar March 09,2020 Comments

भोला लामीछाने/यूरोप/३/१०/२०

नेपालबाट स्पेनमा आएर बसोबास गरेका क्षेत्रीहरूको बार्सिलोनामा एक भेला सम्पन्न भएको छ। भेलाले सोनु रावतको अध्यक्षतामा तदर्थ समिती गठन गरेको छ।

तदर्थ समितीमा अध्यक्ष/संयोजक सोनु रावत, उपाध्यक्षह्सरु सरोज राज विष्ट र उर्वसी खड्का, महासचिव ओम बहादुर बानिया, सचिव मनुष जंग खड्का, कोषाध्यक्ष सविता अधिकारी रहेका छन्। त्यसैगरी सदस्यमहरुमा पुस्कर कार्की, बसन्त बिक्रम थापा, निराजन कार्की, सविन बानिया, राहुल बस्नेत, मुकेश क्षेत्री, रोहित खत्री, सविता के सी रहेका छन्।

साथै समाजले सल्लाहकारहरुको पनि नियुक्त गरेको छ। राम बहादुर थापा, डिक कार्की, सन्त बहादुर क्षेत्री, पुस्प के सी, सुन्दर रानाभाट, राजु शमसेर थापा, भोला लामिछाने, विष्णु रिजाल, पुस्पराज भन्डारी, दिपक क्षेत्री, सुमी घिमिरे सापकोटा रहेका छन् । स्पेनमा छरिएर रहेका क्षेत्री समुदायलाई एकत्रित गरेर समाजमा भै परी आउने दुख सुखमा साथ दिन संस्थाको आवश्यकता परेको अभियन्ताहरूले बताएका छन्।