काठमाण्डौ/१ श्रावन
सीतल आचार्य र रिता बुढाथोकी संयुक्त प्रस्तुति रहेको तीज गीत घिनघिन मादल घन्काउदै सार्वजनिक भएको छ ।
सुमधुर स्वरकी गायिका रिता बुढाथोकीको साथमा पहिलो पटक कलाकार तथा मोडेल सीतल आचार्यले पनि स्वर दिएकी छिन, यो तीज गीत सीतल आचार्यको पहिलो गीत हो।
तीज भन्ने बितिकै महिलाहरु माइत जाने हो माइतिमै रमाइलो गर्ने हो भन्ने चलन छ तर यो तीज गीत अली फरक ढंग बाट प्रस्तुत गरिएको छ। आमा जस्तै छिन मेरी सासु, दिदी जस्ती जेठानी पाकी छु, स्वर्ग जस्तो यो मेरो घरछ, आउदिन माइत भनी सन्देश पठाछ।
गीतको शब्दलेनै भन्दछ घर र माइती छैन केही अन्तर, क्षितिज आर सि कोइरालाको शब्द, बि बि अनुरागि को संगीत रहेको गीतमा साउन्ड मिक्सिङ श्यामस्वेत रसाइलीको रहेको छ।
अहिलेका चर्चित म्युजिक भिडियो निर्देशक मौसम हिमालिको निर्देशानमा गायिका सीतल आचार्यको नृत्य रहेको म्युजिक भिडियोको छायांकन दुर्गा पौडेलले गरेका छन भने सम्पादन नबिन घर्ति मगरको रहेको छ।
https://www.youtube.com/embed/t-E558Q6Kso
सिफारिस
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता