साङ्केतिक तस्बिर साभार वेब

काठमाडौंमा कोरोना भाइरसको जोखिम

Hollywood Khabar July 23,2020 Comments

९ साउन काठमाडौं ।काठमाडौंमा झट्ट बाहिर निस्किँदा कोरोना भाइरसको जोखिम छैन, जस्तो लाग्छ । चोक, पसल, होटल, क्याफे सबैतिर मानिसको भीडभाड देखिन्छ।बाहिर गल्ली सडकमा मानिसको उही किसिमको चाप सुरु भएको छ।अधिकांशले सुरक्षा सावधानी अपनाएको देखिँदैन। साना चिया पसलहरुमा चिया चुरोट खानेहरुको भीड पुरानै अवस्थामा फर्किसकेको छ। ठूला क्याफेहरु पनि भरिभराउ हुन थालेका छन् ।

बिहीबार राजधानीका चाबहिल, पुतलीसडक, अनामनगरलगायतका तरकारीदेखि कपडा पसलहरुमा मानिसहरुको घुइँचो थियो।पसलेले एकाध पसलबाहेक अधिकांशले आउने ग्राहकको बीचमा दूरी कायम गराएका छैनन् । पसलेहरुलाई ग्राहकबीचको भौतिक दूरीभन्दा पनि व्यापारको बढी चिन्ता भएको पाइन्छ।धेरैले सरकारले जारी गरेको मापदण्ड पनि पूरा गरेका छैनन् ।जसले गर्दा उपत्यकामा जोखिम बढ्दो देखिन्छ।