काठमाडौँ-तराई द्रुतमार्गको डीपीआर तयार गर्न कोरियाको सुसुङ कम्पनि छनोट

Hollywood Khabar September 18,2018 Comments

४ असोज काठमाडौं ।कम समय र खर्चमा राजधानीबाट तराई आवतजावत गर्न सकियोस् भन्ने उद्देश्य सहित निर्माण सुरु गरिएको काठमाडौँ–तराई द्रुतमार्ग(एक्सप्रेस-वे)को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)तयार गर्न कोरियाको सुसुङ कम्पनी छनोट भएको छ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा पहिलो प्राथमिकतामा रहेको उक्त द्रूतमार्ग निर्माणका लागि चार महिना भित्र विस्तृत परियोजना प्रतिवेदन(डीपीआर)तयार गर्न कम्पनी छनोट भएको नेपाली सेनाले जनाएको छ।

द्रूतमार्ग आयोजनाका प्रमुख नेपाली सेनाका उपरथि योगेन्द्रबहादुर खाँणले काठमाडौं–तराई द्रूतमार्ग निर्माणका लागि दक्षिण कोरियाको सुसुङ कम्पनी छनोट भएको जानकारी दिए।छनोट भएको १५ दिनभित्र सरोकारवाला पक्ष र सम्बन्धित कम्पनीबीच सम्झौता भइसक्नुपर्ने प्रावधान सार्वजनिक खरिद ऐनमा छ।

सम्झौता भएको चार महिनाभित्र डिपीआर तयार भइसक्ने जानकारी समेत आयोजना प्रमुख खाँणले दिए।कोरियाली कम्पनीले करीब १० करोड १५ लाख रुपियाँको लागतमा डीपीआर तयार गर्नेछ।