-साङ्केतिक तस्बिर

कुबेतमा ४ जना नेपालीको मृत्यु 

Hollywood Khabar February 12,2020 Comments

१ फागुन,काठमाडौं।बालुवा र ग्राभेलको ढिस्कोले पुरिएर  कुबेतमा ४ जना नेपालीको मृत्यु भएको छ।ढिस्कोले पुरिएर ३ जना चिनियाँ कम्पनीका कामदार घाइते भएका छन् ।कुबेतस्थित नेपाली नियोगका वरिष्ठ अधिकृत जानकी ओझाले‘मुत्ला’ क्षेत्रमा निर्माण क्षेत्रमा कार्यरत चार नेपाली कामदारको मृत्यु भएको र तीनजना घाइते भएको पुष्टि गरेकी छिन्।ज्यान गुमाउने नेपालीको पहिचान भने खुलेको  छैन।निर्माणस्थलको ब्लक ५ ढल निर्माण गर्ने क्रममा ढिस्को खसेको अरब टाइम्सले जनाएको छ। पुरिएका ७ जनामध्ये चारजनाको घटनास्थल मृत्यु भएको हो ।